Breaking News
Loading...

Info Post



स्वयं ईश्वरहरू नै
आन्दोलनमा छन् अचेल
अस्तित्वको

उनीहरूलाई मन पर्दैन
पृथ्वीको प्रत्येक कुना छोएर बहने
यो बतासको आधुनिक रङ
उनीहरूको आँखालाई मन पर्दैन
क्षितिज र पर्खालहरू नाघेर टाकुरा-टाकुरा
दगुरिहिँड्ने जूनजस्तो मानिसको मन

उनीहरूलाई मन पर्छ बरु
जँगलमै बसेर मानिस
मन्दिर-मन्दिरहरूमा भेटी चढाएको
खनेर वृक्षका जरा-जरा
समयको त्यो आदिम गुफाछेउ
भ्रमको कुनै अमूर्त सालिक राखेको

उनीहरू कहिल्यै देख्दैननगुम्बा, मस्जिद र चर्चअघि निधार ठोक्दै
अभावको रक्ताम्य कविता लेख्दै गरेको
कुनै बेरोजगार प्रेमीको कारुणिक अनुहार
उनीहरूको कानले कहिल्यै सुन्दैन
प्रत्येक बिहान सूर्यलाई निधारमा बोकेर
गाउँको उकालो चढ्दै गरेको वृद्ध हजुरआमाको गीत

बरु सजिलै देख्न सक्छन् उनीहरू
भीड र जुलुसहरूमा केटाकेटीहरूले
शास्त्रका अलौकिक पोस्टकार्डहरू
च्यात्दै हिँडेको अप्ठ्यारो दृश्य
सजिलै सुन्न सक्छ उनीहरूको कानले
सम्झौतामा चित्त नबुझेपछि
मान्छेहरूले मन्दिर र देवताको मूर्ति
भत्काउँदै हिँडेको प्रत्येक गोप्य समाचार

ईश्वरहरू भन्नु संसारकै
सबैभन्दा खतरनाक शासक न रहेछन्
कि थोपा-थोपा पसिनाले उमारेको धानका
अक्षता-अक्षताहरूले उनीहरूको पोल्टा भरिदिनुपर्ने
कि घर भत्किँदा मुस्किलले सम्हालिराखेको
एक थान कात्रो पनि च्यातेर धुजा बनाई
उनीहरूकै नाममा चढाइदिनुपर्ने

अकस्मात् एक दिन कहाँबाट हो कुन्नि
गइपुगेथेँ उनीहरूको आन्दोलनमा
ठीक त्यसै बेला भीडमा उभिएका
असंख्य ईश्वरहरूमध्ये एउटाले सम्बोधनमा भन्यो-
तर, मेरो आन्दोलन ईश्वरहरूलाई ईश्वर बनाउन होइन
ईश्वरहरूलाई मानिस बनाउन हो ।

-रोल्पा

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.