खेमराज गाउँले |
म डेराबाट निक्लेपछि पहिलोपटक
एउटी चिया पसल्नीको चिया पसल भेटिन्छ । त्यो पसलमा एउटी अधबैंसे महिला बस्छिन् ।
चिया पसल उनले केही महिना अघि मात्रै खोलेकी हुन् ।
०००
चिया पसलमा बिहानै पुगेर चिया
पिउनु मेरो दैनिकी हो । पसल खुलेको पहिलो दिनदेखि हालसम्म नियमित रुपमा मैले चिया
पिउँदै आएको छु । ती महिला अलि गफाडी छिन् । पसलमा आएका ग्राहकहरुसँग जिस्किन्छिन्
। पसलमा आएकाहरुले पनि उनलाई जिस्काउँछन् । सायद उनी आफ्नो व्यापार बृद्धिका लागि
जिस्किन्थिन् कि के हो कुन्नि मैले अझैसम्म बुझ्न सकेको छैन ।
सधैंझैं त्यसदिन पनि म उनकै चिया
पसलमा चिया पिउन पुगेँ । ठीक त्यसै समयमा एउटा मोटरसाइकल आएर चिया पसल अगाडि
घ्याच्च रोकियो । लामा लामा कपाल पालेका दई जना युवाहरु झरे मोटरसाइकलबाट । पसल
पस्दा तिनीहरुले मलाई कुच्लान्झैं गरे र मेरो नजिकैका कर्सीमा आएर बसे ।
०००
ती केटाहरु चिया पसल्नीसँग घरिघरि
जिस्किन्थे । पछि ती महिला पनि जिस्कन थालिन् चिया पकाउँदै । दुईमध्ये एउटा केटा
भने खासै बोलिरहेको थिएन । चलाख देखिने अर्को चाहिँ निकै गफाडी जस्तो लाग्थ्यो ।
'सपना, म त तिमीलाई माया गर्छु नि ।' चलाख खालको त्यो केटो बोल्यो ।
चिया पसल्नीको नाम सपना रहेछ भन्ने भेउ पाएँ मैले । मैले उनको नाम थाहा पाएको
त्यतिबेलै हो पहिलो पटक ।
'म पनि त गर्छु नि ।', मस्किदै चिया पसल्नी महिलाले
तत्कालै जवाफ फर्काइन् ।
'तिमीले चिया पसल गरेर राम्रो पैसा कमाएकी हौली । तिमी हिरोइन, म हिरो भएर
एउटा फिलिम बनाम् । त्रि्रो लगानी,
मेरो निर्देशन । हुन्छ है - हा हा हा ।' केटाले आफ्नो
योजना सुनाइहाल्यो ।
म भने चुपचाप चिया पिउदै छु ।
खासमा म बडो शान्त स्वभावको देखिएको हुन सक्छु । तिनै जनातिर नजर लगाउदै मैले केटा
र महिला बीचको वार्ता सुनिरहेँ ।
'हाम्ले बनाएको फिलिम पनि चल्ला र - हिहिहि', पसल्नी पनि
जिस्किइन् ।
'तिमी यति राम्री छौ । म पनि केमा कम छु र - हामीले बनाएको फिलिमले
५१ दिन हैन, ५१ हप्ता मात्र हैन, ५१ वर्षपनि मनाउन सफल हुन्छ होला
।' केटाले गफ दिइरहेकै छ ।
'हिहिहि ५१ वर्षम्म - कस्तो फिलिम हो त्यो -' पसल्नीले
आर्श्चर्य पोखिन् ।
'मैले फिलिमको कथा बनाइसकेको छु । फिलिममा द्वन्द्व र पटकथा रमेशले
(अर्को केटोतिर इशारा गर्दै) लेख्छ । अनि फिलिम पूरा भइहाल्छ ।' कमलले उसको
साथी रमेशतिर हेर्दै भन्यो ।
'खै मैले लेखेको फिलिमको द्वन्द्व र पटकथा पनि कस्तो होला - कहिल्यै
फिलिम नहेरेको मान्छीलाई के थाहा । यो कमल पनि के के भन्छ । १/२ वर्षसहर बसेर
फर्केपछि खुब फुर्ती लगाउँछ ।'
पहिलो पटक रमेशले मुख खोल्यो ।
गफाडी केटा र उसको साथीको नाम पनि
मैले जानेँ ।
लिबाङबजारमा ती दुई दुवैलाई मैले
पहिलेदेखि देख्दै आएको थिएँ । बाटोमा, चिया पसलमा र केही होटेलहरुमा म
उनीहरु लगायत अन्य केटाहरुलाई देख्छु । तर कहिल्यै परिचय भएको छैन । न त ती चिया
पसल्नीसँग नै परिचय गरेको छु ।
एकैछिनमा उनीहरुले पसल्नीलाई चिया
पकाउन लगाए । चिया पाक्दै गरेको ग्याँसको आगोबाट सल्काएर एउटाले चुरोट तान्यो ।
चुरोटको सर्को तानेपछि ती केटाहरु पसल्नीसँग झन जिस्कन थाले । उनीहरुले घरिघरि
चुरोटको धुँवा हावामा उडाउथे र अनेक थरिका गफ सुनाउथे । मानौ चुरोटको धुँवा र उनका
गफ बराबर हावामा उडिरहन्थे ।
'कथा कस्तो छ भने नि, मैले सपनालाई माया गरेको हुन्छु ।
तर सपनाले रमेशलाई माया गरेको हुन्छ । रमेशले पनि सपनालाई माया गर्छ ।' चुरोटको धुँवा
फ्याक्दै कमलले फेरि फिलिमकै प्रसंग जोड्यो । 'मैले तिमीहरु दुईले एक अर्कालाई
माया गरेको थाहा पाउँछु ।' उसले थप्यो ।
'अनि के हुन्छ -'
सपनाले चाख देखाइन् ।
'अनि मैले तिमीहरुको मायालाई टुटाइदिन्छु क्या ।' एक्कासी कमल
बोल्यो ।
'हामी दुईको मायालाई पनि कसरी टुटाइदिनु हुन्छ - असम्भव ।' सपनाको जवाफ
चाँडै सुनियो ।
'हा हा हा फिलिममा जे पनि हुन्छ नि यार । यो के साँचो माया हो र -' लामो हाँसो
हाँस्दै कमल बोल्यो, 'एक साँझ रमेश र म त्रि्रो पसलमा रक्सी खान आउँछौं । मातिएपछि मैले
तिमीलाई बलात्कार गर्छु । मैले बलात्कार गरेको रमेशले देख्छ । उसले सहनै सक्दैन ।
अनि मलाई धोकेवाज भनी तिमीमाथि आक्रमण गर्छ । तिमीलाई मार्छ । म भाग्छु । रमेश पनि
भाग्छ । अनि कथा सकिन्छ ।'
'हा हा हा ।' फेरि कमलले लामो हाँसो हाँस्दै भन्छ, 'अनि यो फिलिम चल्दैन त -'
'कथाको नाम के राख्ने नि थाहा छ -' एकोहोरो कमल बोलेकै छ, 'चिया पसल्नी' !
'हा हा हा ।'
'खै के के भन्छन् मोराहरु । यस्ता गफ नगरी खा'को पनि पच्दैन
पापीहरुलाई ।' सपना यत्ति चाहिँ बोल्छिन् ।
पसलमा अरु पनि ग्राहक थपिन्छन्
यसैबेला । सपनाले फेरि अरु ग्राहकका लागि चिया पकाएर ख्वाउने आफ्नै काममा लाग्छिन्
।
चियाको पैसा तिरेर म बाहिरिन्छु
पसल्नीको पसलबाट ।
बाटोमा पुग्दा मैले सोचेँ, 'केटाहरु लफङ्गा
भए पनि सिर्जनशील जस्ता छन् है ! कथा त राम्रै होला जस्तो छ । कलात्मक तरिकाले
मैले पो यस विषयमा कथा लेख्नुपर्छ कि !'
मनमनै कथाको ढाँचा तयार पारेर म
मेरो कोठाभित्र पसेँ ।
०००
केही दिनपछि !
चियापसलमा रमेशले भनेको त्यो कथा
सुनेको केही दिनपछि पहिले जस्तै म सपना साहुनीको चिया पसलमा गएँ । सधैझैं म चिया
पसलतिर त्यसदिन पनि विहानै गएँ । तर पसल बन्द थियो । पसल आसपासमा मान्छेहरुले
कानेखुशी गरेको देखेँ । मैले अर्को चिया पसलमा पुगेर चिया पिउने जमर्को गरेँ ।
त्यस चियापसलमा मेरो साथी श्याम अघि नै पुगेर चिया पिउँदै रहेछ ।
'थाहा पाइस् - सपना त आज रातिदेखि कता हराइछे नि -' श्यामले कुरा
सुरु गर्योा । घटनाबारे विवरण थप्दै उसले भन्यो, 'केटी खुब मस्किन्थी । पोइल गइ
होली ।'
आनीबानी हेर्दा मलाई पनि उस्तै
लाग्यो । श्यामको कुरामा मैले पनि सहमति जनाएँ । 'अब त तेरो चिया पसल पनि फेरिने
भयो नि -' श्यामले जिस्काउने पाराले बोल्यो ।
श्याम र म चिया पिउँदै थियौं । एक
हुल प्रहरीहरु धाङ्सीखोलातर्फ लागे । 'सपनालाई खोज्न गएका हुन् कि क्या
हो -' श्याम प्वाक्क बोल्यो । हामी दुवैले प्रहरीलाई हेरिरहृयौं ।
प्रहरीहरु लस्करै तुलसी बोर्डिङको आडैबाट महिला विकासतिर जाने बाटोतिर लागे ।
'पोइल गएकीलाई पनि प्रहरीले किन खोज्न जाला । अरु कुनै काम होला ।' मैले अनुमानको
भरमा बोलेँ ।
हामीले चिया खाइसक्दाखेरि
टुँडिखेलमा घाम पसिसकेको थियो । चिया पसलबाट निक्लियौं । अनि घाम ताप्न
टुँडिखेलतिर लाग्यौं । अरु उभिए जसरी हामी दुई पनि पूर्व, उत्तर र
पश्चिमतिर अनुहार घुमाउँदै उभियौं । अरु मानिसहरु पनि थपिए ।
टुँडिखेलका मान्छेहरु सबैले
एकापसमा मुखामुख गरिरहेका छन् ।
'पर चोककी चिया पसल्नी तल धाङ्सीखोलामाथि खरबारीमा मृत अवस्थामा
भेटिएकी छे रे ।' एउटाले कुरा सुनायो । अरु धेरैले पनि त्यो कुरामा थप्दै भने, 'हो हो मैले पनि
त्यही सुनेँ ।'
सबैका मुखबाट एउटै प्रकारको कुरा
सुनियो ।
उतिखेरै प्रहरीहरुले सपनाको शव
टुँडिखेलमा ल्याइपुर्यायो । शव वाहन पनि तत्कालै टुँडिखेलमै ल्याइयो । वाहनले
झिलिमिली झिलीमिली गर्दै बत्ती चम्कायो । मानिसहरु एकै ठाउमा झुम्मिए ।
के भो, के भो भन्दै
सबैले अनुहार निन्याउरो पारेको देखियो । शव वाहनमा राखेर सपनाको शवलाई पोष्टमार्टम
गर्नका लागि रेउघाको अस्पतालतिर पठाइयो ।
पत्रकारसँग कुरा गर्दै घटनाबारे
प्रहरीका अनुसन्धान अधिकारीले भने,
'सपनालाई बलात्कार गरी हत्या गरिएको आशंका छ । यसबारे थप अनुसन्धान
भइरहेको छ ।'
घटनास्थल नजिकै पुरुषको पर्स
भेटिएको प्रहरीले सूचना बताए । र्'पर्सभित्रको कागजमा कमल मगर लेखिएको मोटरसाइकल चलाउने लाइसेन्स पनि
भेटिएको छ ।' ती प्रहरी अधिकारीले फेरि सूचना बाँडे ।
सपनाको शव टँडिखेल ल्याएर अस्पताल
पुर्यालउदासम्म मैले अस्तिनै देखेका कमल र रमेश नाम गरेका दुई केटालाई देखिनँ ।
यताउता हेरेँ । तर तिनीहरुको अनुहार कतै देखिनँ । त्यस यता मैले लिबाङबजारमा
हुइकिने तिनीहरुको त्यो पल्सर बाइक र तिनीहरुलाई देखेको छैन । त्यो घटना भएपछि
तिनीहरु टुँडिखेलमा आएका छैनन् ।
000
कथा मिठाे र समय सान्धर्बिक अनि मार्मिक छ । यसैलार्इ फ्लिम बनाउदा पनि ५१ बर्षा होइन ५१ दशक नै चल्छ कि क्या हो ।
ReplyDeleteहाहाहा
Deleteराम्रो कथा । समाजको यथार्थ घटनामा अाधारीत
ReplyDeleteराम्रो छ । समाजको यथार्थ घटनामा अाधारीत ।
ReplyDeleteधन्यबात
Delete