पिउँदै थिएँ । गाउँकी एक दिदी 'बन्दागोपी' बेच्न सोही चियापसलमा आइपुगिन् ।
दिदीले २० रुप्या किलो 'बन्दागोपी'को मूल्य बताइन् । पसलेले राख्न त राख्नेि तर २० रुपैयामा नराख्ने मनसाय व्यक्त गरे ।
एक किलो 'बन्दागोपी' जोखिसकेपछि ती दिदीले 'पन्ध्र रुपैया दिनुस् न ।' भनेर भनिन् । तर पसलेले १२ रुपैया दिने बताए । दुईपक्षबीच सामान्य भनाभन पछि १५ रुपैया दिए पसलेले । दिदीले पैसा लिइन् र हिडिन बाँकी 'बन्दागोपी' बेच्न बजारतिर ।
मैले चिया पिउँदै टुलुटुलु हेरिरहेँ । मैले भन्नै सकिनँ, 'साहुजी, मैले १५ रुपैयाको एक कप चिया त खाएँ । तपैले त १५ रुपैयाको एक किलो बन्दागोपी खानुहुने भो ।'
000
#किसानलाई_मर्का #ब्यापारीलाई_फाइदा 'जय देश'
२०७२ चैत्र २०
0 प्रतिक्रिया:
Post a Comment
Khemraj Gaunle / Khumel, Rolpa, Nepal