Breaking News
Loading...

वर्तमान नेपालको एकिकरण हुन अघि पश्चिम नेपालको कर्णाली प्रदेशको २२ से राज्य अन्तर्गत गजुलकोट २२ खुवा बाइस मौजाको एक राज्य थियो । त्यस राज्यमा तुथा सेन शासन चलाउथे । उनले यस खुमेलको वारीफेदलाई आफ्नो मूला छर्ने र भैसी पाल्ने थलोको रुपमा प्रयोग गरेका थिए । उनले कसैसंग नमिल्ने अप्ठेरो खालको  खुं नाम गरेको व्याक्तिलाई भैसीगोठालो वनाएकाथिए । त्यस ताका लुकुम भन्ने स्थानबाट  छाल रुकुम जिल्ला  विछे पुन नाम गरेको व्याक्तिले दाजुलाई काटेर भाउजुलाई पत्नी तुल्याई घुम्दै फिर्दै गजुल कोट राज्यको विछे-गातिना-हाल अपभ्रस मै विष्ट गजिना भन्ने ठाउँमा आई छाप्रो वनाई वसेको वेला राजा तुथासेनले थाहा पाई आफ्ना सिपाई मार्फत वोलाए । तर छाप्रोको दुवै ढोकामा पासो राखेकाले सिपाई फर्केर गए। एक दिन भर्न झरेको वेला मौका छोपी समातेर राजा कहाँ हाजिर गराए । कहाँबट कसरी र किन त्यहाँ आएर वसेको भनि राजावाट सोधनी हुदा विछे वस्न लायक भएकोले छाप्रो वनाई वसेको सुनाए । राजाले आफ्नो भैसीगोठालो र विछे पुनको एउटै वानी भएको र मिलेर पस्न सक्ने संभावना देखि आफ्नो भैसी गोठाले संग वसाल्ने निधो गरे । मुर्ख भए पनि वस्न लायक ठाउँ थाहा पाउन सकेकाले विछे पुनको थर थापा राखी बारीफेद पठाए । विछे पुनले पनि आफ्नो वुद्धि विवेक प्रयोग गरी खुँ भन्ने भैसी गोठालोलाई रिझाएर खुँसंगै मिलेर वस्न थाले । यसरी खुँसंग मिलेर वसको विछे थापामगरको बस्तीलाई खुमेल नामामरण गरीयो । पछि कालान्तरमा अरु जाति घर्ति गुरुङ पुन क्षेत्री सन्यासी इत्यादि अन्यत्र स्थानबाट आइ बसेर गाउँ र समाजको विकास भयो ।
नेपालको एकीकरणको लामो समयपछि नेपालमा १०७ बर्ष राणा शासन चल्यो । त्यसपछि राणा शासनको अन्त्यपछि २०१८ सालमा नेपाल १४ अञ्चल र ७५ जिल्ला बनाउँदा प्यूठान जिल्लाको केही भाग र सल्यान जिल्लाको केही भाग मिलाई रोल्पा थुमको नामबाट रोल्पा जिल्लाको नामाकरण गरिएको हो । त्यसबेला ३३ वटा गाउँ पाचायत थिए । २०३८ सालमा जिल्लाको सीमाना हेरफेर गर्दा ५१ वटा पाचायत भए र रोल्पा थुम सल्यान जिल्लामा पर् यो । रोल्पा जिल्लाको सदरमुकाम लिबाङ हो र ५१ वटा गाविसहरु मध्ये जिल्ला सदरमुकामबाट ६ कोष पूर्वमा रहेको गाविस खुमेल पनि एक हो ।

अवस्थितिः
खुमेल गाविस ८३ डिग्री १५ मिनेट देखि ८३ डिग्री १९ मिनेट पूर्वी देशान्तर र २८ डिग्री १७ मिनेटदेखि २८ डिग्री १९ मिनेट उत्तरी आक्षाँसमा पूर्वपश्चिम लम्बाइ ६।७९ किलोमिटर र उत्तर दक्षिण चौडाई ३ किलोमिटर भइ पूर्व पश्चिम लम्पसार परेको छ ।

क्षेत्रफलः
१८.७९ वर्गकिलोमिटर जुन रोल्पा जिल्लाको १.७ प्रतिशत छ । यस खुमेल गाविसको सबैभन्दा होचो वडा नं १ को लाम्पाटा र वडा नं. ८को रामओडार हुन । जुन समुद्र्र सतहबाट १हजार १सय १० मिटर उचाइमा छन् । यस गाविसको सबैभन्दा अग्लो स्थान वडा नं। को पोखरालेकको डाँडो हो । जुन समुद्र्र सतहदेखि १,९३० मिटर उचाइमा छ । 

मेला तथा तिर्थस्थलः
शिद्धबाबा मन्दिर लाखुरी बराहमेला मेहलधारा हिउँसाकिना मेला खेवासे चौथीमेला मोदै महादव मन्दिर सिसनडाँडा मेहलपोखरी मेला निपाने खड्गमेला नुवाकोट आदि प्रमुख हुन । भने वडा नं १ देखि वडा नं ६ सम्मको रमाइलो देख्न सकिने स्थान वडा नं. ६को गुफालेक हो । जहाँ सिडिएमए, नमस्ते, हेलो नेपाल, रेडियो रोल्पा, जलजला एफएम रोल्पा एफएम, एनटिभिको टावरहरु समेत रहेको छ ।

भौगोलिक अवस्थाः
खुमेल गाविसको ५० प्रतिशत भुभाग घना वनजंगल भीरपाखा र गौचरणले ओगटेको छ । बाँकी खेतबारी बस्ती खोला सार्वजनिक स्थलमिलि बनेको खुमेल गाविसको नक्सा झण्डै नेपालको नक्सा जस्तै छ । यस गाविसको सबैभन्दा गर्मीहुने ठाउँ लाम्पाटा र रामओडार हुन भने सबैभन्दा जाडो हुने ठाउँ सातदोबाटो र लाखुरी हुन् । स्थानीय बजारमा खुमेल पोखरा लम्पुजा सातदोबाटो हुन् ।

हावापानीः
यस गाविसको हावापानी न्यानो समाशितोष्ण र ठण्डी समशितोष्ण गरी दुई प्रकारको पाइन्छ । जाडोमा यहाँको तापक्रम १२ डिग्री र गर्मीमा २९ डिग्री सेन्टिगे्रड सम्म हुन्छ ।

सामाजिक अवस्थाः
यस गाविसका बासिन्दामा मगरहरुका बाहुल्यता छ । क्षेत्री कामी सन्यासी दमाई र गुरुङहरु पनि बसोबास गर्छन् । यस गाविसको जम्मा जनसंख्या ४६७१ रहेको छ । जसमा महिला २३४६ र पुरुष २३२५ छन् । जातिगत भन्ने हो भने मगरहरु २१९० क्षेत्रीहरु ११२५ कामी ५४० सन्यासी ३५५ र दमाइहरु ४६१ छन् ।
१.बैभन्दा बढी घरधुरी भएको वडा वडा नं ४ खुमेल हो जहाँ १२० घरधुरी छन् ।
२.सबैभन्दा कम घरधुरी भएको वडा वडा नं २ जहाँ ३१ घरधुरी छन् ।