Breaking News
Loading...

Libang 2065



रोल्पाको सदरमुकाम लिबाङ । भालुबाङ–लिबाङ सडक खण्डअन्तर्गतको बाटोमा लिबाङ पुग्न करिब १४ किमी अगावै मेरो गाउँ आइपुग्छ । त्यो गाउँ हो खुमेल । खुमेलमै जन्मेको र हुर्केको मान्छे म । गाउँमा मावि तहको पढाइ हुने विद्यालय नभएको कारण निमावि तहको पढाइ सकेर मावि पढ्न लिबाङ छिरेको हुँ २०६२ सालतिर । बालकल्याण उमावि लिबाङमा मावि र उमावि तहको पढाइ सकेपछि अहिले जलजला बहुमुखी क्याम्पसमा शिक्षा विषय लिएर स्नातक तह पढिरहेको छ । पढाइका साथसाथै मलाई साहित्य सिर्जना मेरो रुचिको विषय हो । पढाइसँगसँगै रेडियो रोल्पा पनि काम गर्ने अवसर पाइयो । जलजला पोष्ट साप्‍ताहिक लगायत विभिन्न साहित्यिक संस्थाहरुमा काम गर्दै अहिले ललित साहित्य परिषद् र राप्‍ती साहित्य परिषाद्‍मा आवद्ध छु  । 
(Khemraj Gaunle/Rolpa)

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal