Breaking News
Loading...

Info Post
खेमराज गाउँले
पत्रकारिता क्षेत्रमा लागेको लामो समय भइसके पनि म कुनै पनि सञ्चारमाध्यममा अझैसम्म जोडिन सकेको छैन । राजधानीसँग जोडिनलाई राजनीतिक दलसँग जोडिनुपर्ने रहेछ । म त्यसरी जोडिन सकिनँ । आफूसँग भएको क्षमता र योग्यता प्रयोग गर्ने भन्ने लाग्छ मलाई । योग्यता र क्षमता हुँदाहुँदै किन अरुको भर पर्ने भनेर धेरैले मलाई सोध्छन् । यो मेरो पनि मान्यता हो । त्यसैले पनि नेताको नजिक हुन सकिनँ । त्यसैको प्रतिफल हो, मैले पत्रकारितामा प्रगति गर्न नसकेको । त्यसैले मलाई राजधानीले चिन्दैन तर मैले राजधानीलाई चिनिसकेँं रोल्पामै बसेर ।

रोल्पामा रेडियो
सञ्चार क्षेत्रमै रहेर केही गर्नुपर्छ भन्ने मेरो सोँच रेडियो रोल्पा छाडेअघि देखिकै हो । सदरमुकाम लिबाङमा रेडियो रोल्पा, रेडियो जलजला र होलेरी 
कृतिः एक दशक
प्रकाशकः नेपाल पत्रकार महासंघ
जिल्ला शाखा, रोल्पा

प्रकाशन वर्षः २०७२ मंसिर 

मा रेडियो सुनछहरी गरी जिल्लामा ३ वटा सामुदायिक रेडियो छन् । अर्को एउटा सामुदायिक रेडियो बज्ने अन्तिम तयारीमा छ । यी रेडियोहरुले खासै समुदायका आवाज बोल्न सकेका छैनन् भन्ने आरोपका बेला मैले रेडियोमा पत्रकारिता थालेको थिएँ । हुन पनि राजधानीबाट प्रसारण गरिएका कार्यक्रमहरु बजाउनमै व्यस्त छन् रेडियोहरु । समाजको आवाज जहाँको तही छ । रेडियोहरुमा साउन नलाग्दै तीजका गीतहरु घन्कन थाल्छन् । तीज नसकिदै दशैंका गीत घन्कन थाल्छन् । दसैं नसकिदै तिहारका गीत घन्कन थाल्छन् । हिन्दी गीतहरु पनि  घन्कन्छन् समय समयमा । यसो गर्दा समाजमा कस्तो असर पर्छ भन्ने ख्याल नै छैन, हाम्रा यी रेडियोहरुलाई ।


रेडियो रोल्पामा हुँदा मैले रेडियोको वेवसाइट बनाएर सञ्चालन पनि गरेँ । रेडियोका सबै कार्यक्रमहरु वेवसाइटमा राखेँ । रेडियोको फेसबुक पेज पनि खोलेँ । वेवसाइट र वेवसाइटमा रहेका कार्यक्रमहरु फेसबुक पेजमार्फत् बाँडें । अब रेडियो गाउँमा मात्र सीमित रहेन । देश तथा विदेशमा सुनिन थाल्यो रेडियोको आवाज । राम्रो प्रतिक्रिया पनि आउन थाल्यो । लिबाङमा बस्ने मेरा पत्रकार साथीहरुले पनि वेवसाइटबाटै रेडियो सुनें । मेरो मन खुशी भयो, यस कामबाट । अरुले पनि खुशी बाँडेको थाहा पाएँ ।

सामुदायिक रेडियो भएर खै समुदायको बोली बोलेको ? आफैले आफैलाई प्रश्न गर्छु । अनि समाजको बारेमा गम्भीर भएर सोदच्छु, सागरमुनिसम्म मन पु¥याएर । यही सोचाइले गर्दा नै मेरो सपना आज वास्तविकतामा परिणत भएको छ ।

मेरो रेडियो
सामुदायिक रेडियो भएपछि त समुदायकै बोली बोल्नुपर्ने आवश्यकता देखेँ । जसले गर्दा मैले पनि खुमेलस्थित चौरपानीमा आफ्नै रेडियो स्थापना गरेँ । त्यसलाई मैले सामुदायिक रेडियोको दर्जामा राखेँ । प्रसारण क्षमता ५० वाट भएको यो डोके रेडियो हो । यसको नाम मैले रेडियो चौरपानीराखेँ । वास्तवमा चौरपानीसँगको मेरो सम्बन्ध जन्मदैदेखिको हो । बाआमाका कारण चौरपानीसँग मेरो थप साइनो छ । मेरो रेडियो अहिले पूर्वी रोल्पाका अधिकांश गाविसहरुसम्म सुन्न सकिन्छ । पूर्वी रोल्पाको साथै प्युठानको सारी, भिंग्री र पर्यटकीय स्थल स्वर्गद्वारीमा पनि रेडियो चौरपानी सुनिएको साथीभाई, मित्रहरु र गाउँबासीहरुले सुनाइरहनु हुन्छ । त्यहीबाट प्रतिक्रियाहरु पनि पाउँदै आएको छु । रेडियो जहाँ सुनिन्छ, त्यहीका जनताको आवश्यकतालाई ध्यानमा राखेर रेडियोले आफ्ना कार्यक्रम गर्दै आएको छ । किनकि यो रेडियो सामुदायिक वा समुदायकै हो ।

रेडियो तालिम
रेडियो चलाउनु अघि मेरै आयोजनामा चौरपानीमै रेडियो पत्रकारिता तालिमको आयोजना गरेँ । लिबाङबाट आएका पत्रकारहरु काशीराम डाँगी, घनश्याम आचार्य, खेम बुढामगर, मौसम रोकामगर, महेश न्यौपाने, इश्वरी जीएम, मणिषा श्रेष्ठ, नवीन लोचन मगर, मानसिंह विश्वकर्मा, टेकेन्द्र जीएम, डीबी टुहुरो, देवी गुरुङ, एलबी मगर, धरेन्द्र डाँगी लगायतले पत्रकारिता र साहित्यका बारेमा निःशुल्क तालिम दिनुभयो । त्यही समयमा रेडियो उद्घोषण तालिम पनि संचालन गरिएको हो । अहिले ती आरजे र प्रशिक्षार्थीहरुले नै रेडियोका कार्यक्रम चलाउँछन् । खुमेलका साथै मिझिङ, गजुलबाट समेत रेडियोमा कार्यक्रम चलाउन आइपुग्छन् पत्रकारहरु । पूर्वी रोल्पाका धेरैजसो स्रोताहरुले यस रेडियोलाई माया गरेका छन् । मन पराएका छन् ।

रेडियोका कार्यक्रम
रेडियोमा फोनिङ कार्यक्रमहरु पनि सञ्चालन हुन्छ । सिडिएमए, जीएसएम, एनसेल, तारावाला फोनका सहयोगबाट कार्यक्रमहरु चल्छन् । ललित साहित्य परिषद् रोल्पाले आफ्नो ०८६६८०१३८ नम्बरको सिडिएमए फोन रेडियोलाई निःशुल्क प्रदान गरेर सहयोग गरेको छ । आजसम्म सहयोगकै भरमा रेडियो चलेको छ । रेडियोमा प्रयोग भएका सामानहरु मैले किन्न एक पैसा पनि खर्च गर्नु परेको छैन । लिबाङमा बस्दा राजनीतिक दल, संघसंस्था, पत्रकार, साहित्यकारहरुसँगको चिनाजानले गर्दा नै सहयोग जुटाउन गाह्रो परेन । रेडियो राम्रोसँग चलिरहेको छ । रेडियोलाई एउटा रेकर्डरको आवश्यकता भने पर्न थालेको महसुस भएको छ ।
हरेक महिना आयोजना हुने स्रष्टा चौतारीर एकल रचना वाचन कार्यक्रमलाई रेडियोले प्रत्यक्ष प्रसारण गर्छ । मैले यो कुरा साहित्यकारमाझ राखेपछि निरन्तर पनि हुँदै आएको छ । स्वर्गीय साहित्यकार गौरीकिरण डाँगीले एउटा राम्रो रेकर्डर रेडियोलाई किनिदिने वचन समेत दिनुभएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा र ललित साहित्य परिषद् रोल्पाले संयुक्त रुपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे ।

गाउँलेसँग रेडियोको सम्बन्ध
वास्तवमा यो रेडियोले देश तथा विदेशमै प्रसिद्धी कमाइसक्यो । जिम्मेवारी पनि झन बढ्दै गएको छ । त्यसपछि रेडियोका सरोकारवालसँग छलफल गर्नुपर्ने सोचेँ । गाउँका सुभचिन्तकहरुलाई रेडियोमै बोलाएँ । रेडियोका बारेमा छलफल गर्दै गयौ । रेडियो चौरपानीलाई दर्ता गरेर ५०० वाट क्षमताको बनाउने र यसलाई जसरी पनि निरन्तरता दिने निर्णय भयो । गाउँका कुरा गाउँमा मात्रै सीमित नबनाई सहरतिर पनि पु¥याउनुपर्छ भनेर नयाँ योजना बनाउन थाल्यौं । यसको नेतृत्व म आफैले गरेँ । यसका लागि सजिलो उपाय इन्टरनेट सुविधा थियो । गाउँमा इन्टरनेट कसरी चलाउने गाह्रो छ अहिले पनि । ल्यान्डलाइन फोन तार जोडेर पुर्‍यान मुस्किल छ । अरु इन्टरनेट सेवाप्रदायक कम्पनीहरु पनि चौरपानीमा पुगेका छैनन् । कतै कतै वाइम्याक्सबाट नेट चलाउने कामले सफलता पाउला । सोचेँ । वाइम्याक्स सञ्चालनका लागि लिबाङस्थित शुभ मोबाइल एण्ड कम्प्युटर्सका वीरेन्द्र श्रेष्ठले जडानका सम्पूर्ण सामानहरु निःशुल्क सहयोग गर्ने सल्लाह भयो ।

अनलाइनमा रेडियो
अब रेडियोमा नेट चलाउन अझ सहज भयो । रेडियोको वेवसाइट पनि सञ्चालन गरें । रेडियोका सबै कार्यक्रमहरु वेवसाइटमा राखेँ । रेडियोको फेसबुक पेज पनि खोलेँ । वेवसाइट र वेवसाइटमा रहेका कार्यक्रमहरु फेसबुक पेजमार्फत् बाँडेँ । अब रेडियो गाउँमा मात्र सीमित रहेन सुन्नका लागि । देश तथा विदेशमा सुनिन थाल्यो । राम्रो प्रतिक्रिया पनि आउन थाल्यो । लिबाङमा बस्ने मेरा पत्रकार साथीहरुले पनि वेवसाइटबाटै रेडियो सुनें ।

चौरपानी हालखबर
रेडियो रोल्पा र जलजलाबाट पनि
यतिखेर गाउँमा भएका गतिविधिहरु रेडियो चौरपानीमा समाचार बनेर बज्छन् । बेलुकी ७ बजेको चौरपानी हालखबरमा स्थानीय खबरहरु मात्र बज्छन् । एकदिन रेडियो रोल्पाका स्टेसन म्यानेजर घनश्याम आचार्य र रेडियो जलजलाका स्टेशन म्यानेजर मौसम रोकामगरले मलाई लिबाङमा बोलाउनुभयो । म लिबाङ झरेँ । रेडियोको बारेमा छलपफल भयो । उहाँहरुले रेडियोमा हरेक दिन बज्ने चौरपानी हालखबररेडियो रोल्पा र रेडियो जलजलाबाट समेत प्रसारण गर्ने स्वीकृति चाहनु भयो । त्यो कुरा मलाई किन नराम्रो लाग्नू । म खुशी भएँ । मैले सहर्ष स्वीकारिदिएँ । मनभरि खुशी बोकेर चौरपानी फर्किएँ र ती दुवै रेडियोमा प्रत्यक्ष प्रसारण गर्ने चाँजोपाँजो मिलाएँ । अब सदरमुकाममा रहेका दुवै रेडियोबाट रेडियो चौरपानीबाट बज्ने चौरपानी हालखबर प्रसारण हुने निश्चित भयो । बज्न पनि सुरु भयो । यसबाट चौरपानी रेडियोको चर्चा रोल्पा जिल्लाभरि भयो । साथै आसपासका क्षेत्रमा पनि भयो । सहरका कुराहरु पनि रेडियोबाटै गाउँगाउँसम्म पुग्छ । शहरका कुरा पनि सुनिने भएकालेले  स्रोताहरु खुसी छन् । स्रोताहरुकै मायाले रेडियो चौरपानी बाँचेको छ ।

देश तथा विदेशमै प्रसिद्धी कमाएपछि जिम्मेवारी पनि बढ्दै गयो । रेडियोका सरोकारवालसँग थप छलफल गर्नुपर्ने सोचेँ । गाउँका सुभचिन्तकहरुलाई रेडियोमा बोलाएँ । रेडियोको बारेमा छलफल चल्दै थियो । रेडियो चौरपानीलाई दर्ता गरी ५०० वाट क्षमताको बनाउने वा यसैलाई नै निरन्तरता  दिने भन्ने दुवै खालका सुझाव दिए ।

यति नै बेला छेवैको कोठामा प्राविधिकले ठूलो स्वरमा गीत घन्काए । बैठकलाई असर पर्ने गरी गीत बजाएको हुँदा म बैठक कोठाबाटै ठूलो स्वरमा बोलेँ, ‘गीत बन्द गर ।

निद्राबाट व्यँझिएपछि
म झसँग भएँ । आफ्नै आवाज आफैले सुनेर म निद्राबाट ब्युँझिएँ । नवीन सर हाँसिरहनुभएको थियो । घडी हेरें रातको १ बज्नै लागेको रहेछ । नवीन भने गीत बजाउँदै सनस्टार साप्ताकि पत्रिकाको फाइनल सेटिङको काम गरिरहनुभएको रहेछ । मेरो ल्यापटप बन्द भइसकेको रहेछ, आफै । म केही बोलिनँ । सपना मनभित्रै राखेँ । अनि ल्यापटप खोलेँ । म पनि सनस्टारको सेटिङ तथा सम्पादनतिर लागेँ । किनकि अर्को दिनको बिहानै पत्रिका बजारमा पुर्‍याउनु थियो ।

नेपाल पत्रकार महासंघ जिल्लाशाखाद्वारा २०७२ मा प्रकाशित 'एक दशक' नामक स्मारिकामा प्रकाशित 

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal