Breaking News
Loading...

Info Post


सहर हुँदै गाउँसम्म
गाउँबाट परको गाउँसम्म
बाटो पुगेको छ अचेल !

हरेक दि
त्यही बाटो भएर
ओहोरदोहोर गरिरहन्छन्
गाडीहरू !

एकदिन
गाउँका एक हुल युवाहरू
पैसा कमाउन सहर हिडे
त्यही बाटो भएर ।

गाडी रित्तै फर्कियो
गाडीमा चढेनन् युवाहरू
हिडेरै सहर पुगे उनीहरू
किनकि
उनीहरूसँग गाडीभाडा थिएन ।
०००
खेमराज गाउँले


0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal