Breaking News
Loading...

Info Post
रचना वाचन गर्दै लोक आलोक __तस्विरः गाउँले
दिउँसो ११ बजेर ५६ मिनेटमा ठूलो भूकम्प गयो । भूकम्प गएपछि विद्युत सेवा र फोन सेवा पूर्ण रुपमा अवरुद्ध भयो । हामी टुँडिखेलको आसपासमै घुमिरहेका थियौं । मनले घरभित्र पस्न मानिरहेको थिएन । तर हामीलाई वाचनालयमा पस्नै पर्ने थियो । किनकि चैत्रको २८ गते स्थगित एकल रचना वाचनलाई १२ गते शनिबार दिउँसो ४ बजे गर्दै थियौं ।



ललित साहित्य परिषद्ले हरेक महिनाको अन्तिम शनिबार एकल रचना वाचन गर्दै आएको छ । परिषद्का मानार्थ सदस्य गौरीकिरण डाँगीको निधन भएको र १३ दिनभित्र शोक मनाउने भएकोले एकल रचना वाचन स्थगित गरिएको थियो । सोही स्थगित कार्यक्रम थियो, यस दिन । रचना सुनाउदै थिए, कवि तथा निबन्धकार लोक आलोक ।
०००

एकल रचना वाचन गर्ने कि नगर्ने भन्ने बारेमा परिषद्का अध्यक्ष ओम पन्छी, म र लोक आलोकले छलफल ग¥यौं । पटकपटक छफल गर्न उचित नहुने ठानी कार्यक्रम गर्ने निष्कर्ष निकाल्यौं । हामी वाचनालयमा गई बस्यौं । सहभागीहरु जुट्ने क्रम पनि जारी रह्यौं । हल खचाखच भरिएपछि कार्यक्रम सरु भयो ।
०००

कार्यक्रममा सहभागीहरु ।
बायाँबाट क्रमशः ओम केसी, लोक आलोक, गीता निर्दोषी र रमेश सुवेदी
निर्धारित समयभन्दा कार्यक्रम एक घण्टा आधा बितिसकेको थियो । कार्यक्रम सञ्चालकले सबैलाई आसनग्रहण गराइसकेपछि १ मिनेट मौनधारण गरी कार्यक्रम सुरु भयो । कविता वाचनबाट उनले आफ्नो एकल रचना वाचन सुरु गरे । सुरुमा नयाँ वर्षको शुभकामनाशीर्षकको कविता वाचन गरे, उनले । केही कविताहरु बाचन गरेपछि कवयित्री एवम् गजलकार गीता निर्दोषीले लोक आलोकको बारेमा बोलिन् । परिचयको क्रममा आलोकले एसएलसीमा ७ पटकसम्म परीक्षा दिएको बताइरहँदा सहभागी केही युवाहरुले खासखोस गरे । असफलता नै सफलताको प्रतीक हो भन्ने उनीहरुले निष्कर्ष निकाले होला । या त असफलता हुँदैमा हरेश खानुहुन्न भन्ने पाठ सिके होलान् । मेरो अनुमान । परिचयकै क्रममा निर्दोषीले लोक आलोकले आफ्नी आमाको सम्झनामा लेखिएको शोक काव्य हराएको समेत बताइदिइन् । पछि कार्यक्रम समीक्षाको क्रममा रमेश सुवेदीले सम्झना भएसम्म उक्त शोक काव्य पुनः लेख्न अनुरोध गरें । आलोकका सबै कविताहरु चाख दिएर सुनिरहे सहभागीहरुले ।
रचनाहरुमा कतै देशको बारेमा कतै आफ्नै बारेमा, कतै युवाहरुको बारेमा केही न केही बोलेकै थिए । कतै युवाहरुलाई जोस्याउँथे, कतै सहभागीहरुलाई हसाउँथे । उनले धेरैजसो छन्दमा लेखिएका रचनाहरु सुनाए । उनले त १८ वटा कविता, १३ वटा मुक्तक, १ वटा गजल र १ वटा गीत गाएँ । रमेश सुवेदीले समीक्षाका क्रममा भनेपछि मात्रै हामीले थाहा पायौं । उनले वाचन गरेको सबैजसो रचनाहरु छन्दमा लेखिएका थिए ।
छन्द कविता लेखनमा उनले विशेष दख्खल राख्छन् । उनले २०७० सालमा हाम्रो मागबालकवितासंग्रह र २०७१ सालमा कुखुरी काँनिबन्धसंग्रह प्रकाशन गरेका छन् । २०१८ सालको मान्छे भए पनि १८ वर्षे युवाजस्तो छन् । युवाहरुसँग घुलमिल भएर धेरै काम गर्छन् । अझ भनौं उनी युवा भन्दा जोशिला छन् । फेसबुकमा राखिएका र फेसबुकसम्बन्धी लेखिएका कुराहरुलाई गीत बनाएर अन्तिमा गाएँ, ‘फेसबुक बन्द गर्दैछु आज ....। सहभागीहरुले ताली बजाएर साथ दिइ रहेका थिए । उनले एकल रचना वाचन सके ।
०००

मैले मोबाइलमा हेरें सवा २ घण्टा कार्यक्रम भएको रहेछ । सबै कार्यक्रम मैले रेकर्ड गरेको थिएँ । अन्तिममा परिषद्का अध्यक्ष ओम केसीले एकल रचना वाचन सम्पन्न भएकोमा आलोकलाई प्रमाणपत्र दिए ।
झमक्क साँझ परिसकेको थियो । टुँडिखेलमा हल्लाखल्ला दिउँसो भन्दा बढेको थियो । भुँइचालोको त्रासले मान्छेहरु टुँडिखेलमा रात बिताउने तरखर गर्दै रहेछन् ।
०००


खेमराज गाउँले, रोल्पा २०७२ वैशाख १२ गते शनिबार

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal