म मध्यरातमा व्युझिएँ । उनको शरीर चिसो भएको थियो । उनकै चिसोले मलाई व्युझाएको हो । छामें उनी मस्त निद्रामा भएझैं थिइन् । उसै त पुसमाघको जाडो । हामीसँग ओढ्ने लुगा कम थियो । उनलाई र मलाई पुग्ने गरी लुगा मिलाएँ । उनलाई अंगालोमा होलें । अनि सुतें ।
०००
बिहानै उठें । उनलाई उठाएँ । काममा त जानै प¥यो । अर्नि बनाउन लगाएँ । मुख धोई भान्सा छेउमा गएँ ।
०००
बिहानै उठें । उनलाई उठाएँ । काममा त जानै प¥यो । अर्नि बनाउन लगाएँ । मुख धोई भान्सा छेउमा गएँ ।
‘राति मस्तै जाडो भयो कि क्या हो ।’
मैले
भनें ।
‘म ता था पाइनँ । तपैलाई भा हो ?’
रमा
बोली ।
‘तिमी त निकै चिसो पो थियौ त ? मैले
तातो नबनाइदिएको भए मर्थिउ तिमी ।’
‘मेरा बुढा भएपछि किन मर्नु नि ।’
रमाले
जवाफ दिई ।
‘हेर रमा, काइला काकाको घर
निब्जिन लागो । अब त पैसा पनि दिन्छन् होला । पैसा आयो भने सिरक किनेर चिसो नहुन
गरी सुत्नुपर्छ है ?’
यति कुरा गरिसक्दा खाना पाकिसकेको थियो
। म खाना खाई कामतिर लागे । काइला काकाको तीन तले घर बनाउँदै थियौं ।
०००
काइला काकाको घर बनाउने काममा कामे,
सार्के,
गोठे,
पेले
र म छौं । यताउता काम काइला काका र उनका परिवारले पनि सघाउँछन् । गोठे निकै गफाडी
छन् । काम जति गर्छ त्यति नै गफ गरेर सबैलाई काम गरेको पत्तै दिदैनन् । गोठेले
दिनमा नयाँ नयाँ गफहरु निकाल्छन् ।
‘हाम्रो गाउँमा त बोक्सिनी नाच्छन् रे
बड्डा हो ।’ काम सुरु गर्दै गर्दा गफ सुरु गरे गोठेले ।
म पढ्न लेख्न नसके नि यस्ता काक्सी
बोक्सी, सिउरेकाजीमा विश्वास गर्दैनँ । कामले कति दिन च्यानधाराको बाटो
मध्यरातमा नडराई एक्लै हिडेको छु । ठूलोगाउँबाट पनि एक्लै घर रातमै कति हिडेको छु
कति ।
‘बोक्सिनी नि पनि हुन्छन् र ?’ मैले
सोधें ।
‘बोक्सिनी हुन्छन् रे । हाम्रो गाउँमा
पनि छन् रे । मध्यरातमा सबै सुतेको बेला पर मुखियाबाको आँगनमा नाच्छन् रे ।’
गोठेको
जवाफ ।
‘हेर गोठे, यी सबै
अन्धविश्वास हुन् ।’ मैले उसलाई सम्झाउने प्रयास गर्दै भनें,
‘बोक्सा
बोक्सिनी भन्ने केही पनि हुन्न, कोही पनि हुन्नन् ।’
‘के थाहा । सके तेरै बूढी रमा भाउजू पो
बोक्सिनी छिन् कि ?’
‘के भन्छ यो ? हो भन्ने कसरी
थाहा हुन्छ ? मैले यतिबेलासम्म त थाहा पाउँदा हम् टो ।’
‘शरीर ओछ्यानमै हुन्छ । उनीहरुको आत्मा
पो हो बोक्सिनी । उनीहरुको आत्मा गएर नाचेको के थाहा मान्छेलाई । तिमी त भाउजूसँगै
सुतेकै हुन्छौ । भाउजूको आत्मा नाच्या देख्दा हौ र । हा हा हा ...’ गोठेले
अझ अगाडि भन्दै गयो, ‘बोक्सी हो भन्ने थाहा पाइन्छ रे दाइ । यदि
बोक्सी हो भने उनीहरुको शरीर मध्यरातमा चिसो हुन्छ रे । भाउजूलाई राती उठेर छामे
टो । बोक्सिनी नाचिरहेको ठाउँमा गएँ त खान्छन् रे नि ।’
‘हा हा हा हा ....’ काम
गर्ने सबै हाँस्यौं ।
०००
मेरो मनमा चिसो पस्यो, ‘मेरी
रमा पनि कतै .....’ मन सम्हालें । अनि मनमनै भनें ‘यो
सब भ्रम हो । मान्छेले बनावटी कुरा गरेका हुन् । बोक्सी, सिउरे, भूत
हुँदै हुन्नन् । गरिबीको जाडोले हो हामीलाई चिसो बनाएको ।’ सोच्दै सोच्दै
घर पुगेछु । साँझ परिसकेको थियो ।
खाना खाई सुत्यौ ।
०००
उनले ओढेको लुगा तानेपछि म ब्युझिएँ ।
मध्यरातमा हुनुपर्छ । सुनसान थियो चारैतिर । उनी ओछ्यानभित्र पस्दै थिइन् ।
‘कहाँबाट आएकी ?’
‘पेट दुखेर । बाहिर गएर आएकी ।’ उनले
सहज जवाफ दिइन् ।
‘मलाई पनि भन्नु पर्दैन त ?’
‘एक्कासी पेट दुख्यो । भन्नै सकिनँ ।’
हाम्रोतिर शौचालय जानुलाई ‘बाहिर
जाने’ भन्ने चलन छ । उनी चिसो भइसकेकी थिइन् । दिउँसोको कुरा मनमा खेलाएँ,
‘मेरी
रमा पनि कतै .....’
गोठेले भनेको कुरा सम्झें, ‘उनीहरुको
आत्मा पो हो बोक्सिनी । शरीर ओछ्यान मै हुन्छ ।’
हत्तेरी म पनि कस्तो अन्धविश्वासी ।
रमा बोक्सी भएको भए त गोठेले भनेजस्तै शरीर त मैसँग पो हुनुपर्ने । मजस्तोले
रमालाई नराम्रो सोच्नुहुन्न । रमा निदाइसकेकी थिई । म पनि कुनबेला निदाइसकेछु ।
०००
‘भाउजू त राति मेरो घरको आँगनमा हिडेको
देख्या हम् त दाइ ।’
‘बिरामी छिन् । बाहिर गाकी हुन् ।’
गोठेको घर पर खोल्सा छ । त्यही नै हो
सबैले दिसापिसाव गर्ने ठाउँ ।
‘भाउजूमाथि शंका छ है दाइ ।’ यति
भन्दै ऊ हाँस्यो । सबै हाँस्यौं ।
त्यसपछि कुरा अघि बढेन ।
०००
त्यस रात पनि उनी चिसो भइन् । उनी
ओछ्यानमा पसेको वा निक्लेको भने थाहा पाइनँ । ‘कि बोक्सिनी नै
हुन्, रमा ?’ मनमा कुरा खेलाएँ । लुगा ओढाएँ । अंगालोमा
हालें र सुतें ।
०००
भोलिपल्ट मध्यरातमा ढोका उघारेको चाल
पाएँ । आँखा खोली हेरेको त रमा ढोकाबाट निक्लिन् । सुस्तरी ढोका लगाइन् र चप्पल
लगाई हिँडिन् । मनमा चिसो पस्यो । रमा कतै गोठेले भनेजस्तै बोक्सिनी त होइनन् ?
म
पनि उठें । म ढोकामा निक्लिँदा रमाले गोठेको घर काटेर गइसकेकी थिइन् । गोठेको घर
पुग्दा घरपरको खोल्सो काटेर गई । खोल्सो काटेपछि मुखियाको घर आउँछ । मुखियाबाको घर
अगाडि ठूलो आँगन छ । गोठेले भनेअनुसार मुखिया बाको आँगनमा मध्यरातमा बोक्सिनी
नाच्छन् रे ।
रमा बोक्सिनी हो भन्ने प्रमाणित भयो ।
बोक्सिनी नाचेको देख्नेलाई खान्छन् रे । मलाई डर लाग्यो । म फर्किएँ । कोठामा आएर
सोचिरहें । करिब १ घण्टा पछि रमा आई । म सुतेझैं गरें ।
रमा विस्तारै ओछ्यानमा आई । सुती । आज
मैले उनमा फरक गन्धको महसुस गरें । सुत्दै गर्दा मैले अघिल्ला दिनहरुमाझैं थाहा
पाएझैं गरें । मानौ म ब्युझिएँ । मैले उनलाई सुमसुम्याएँ । उनी चिसो थिइन् ।
‘जाडो भा छ ?’
‘अँ भा छ ।’ उनले निदैबाट
झैं जवाफ दिइन् । कुरा बनाउन कति जानेकी ।
मैले ओढ्ने मिलाइदिएँ । सदाझैं अंगालो
मारें र सुतेझैं गरें । ‘रमा बोक्सिनी !?’ मनमा
कुरा खेलिरह्यो । त्यसरात म सुत्नै सकिनँ । उनी भने यसलाई सहज रुपमा लिँदै सुतिन्
।
०००
अर्को रात ।
खाना खाएर सुत्यौं । मलाई निदै लागेन
तर म सुतेझैं गरिरहें । सायद म मस्त निदमा छ भन्ने सम्झिइन् होला । अघिल्लो रातझैं
मध्यरातमा उनी घरबाट निक्लिइन् । म पनि निक्लिएँ घरबाट । उनी सरासर पहिलेकै बाटो
गइन् । म लुक्दै लुक्दै पछि पछि गएँ । आज म मरें मरुला । कस्ता हुने रैछन्
बोक्सिनी ? गाउँका को को रैछन् बोक्सिनी ? चिन्ने
चाहना मनमा जाग्यो । सधैं झैं रमाले गोठेको घर काटिन्, गोठेको घर परको
खोल्सा काटिन् । मुखिया बाको घर आयो । आँगन आयो । आँगनमा कोही थिएनन् । रमाले त
आँगन काटेर अघि बढी । मलाई लाग्यो बोक्सिनी नाच्ने ठाउँ अन्यत्रै रहेछन् । पछि पछि
लुक्दै गइरहें । मुखिया बाको पाँचवटा घर पर एउटा घर आयो । रमा त्यही घरको ढोकामा
अडिइन् । ढोका टकटक टकटक हानिन् । दुई पटक । ढोका खोलियो । भित्र पसिन् ।
०००
मेरो मनमा रहेको बोक्सिनीले अर्कै रुप
लियो । म घर फर्किएँ । सुतें । अघिल्लो रातको निद र यतिबेलासम्म ननिदाएको म,
कुनबेला
सुतिसकेछु । बिहान उठ्दा रमा मैसँग सुतेकी थिइन् ।
०००
आज काइला काकाको घर निब्जिने दिने ।
काइला काकाले रमालाई पनि लिएर आउन भनेका थिए । मन नराम्रो भए पनि केही भनिनँ ।
कुरा सामान्य थियो । मानौ मैले केही गल्ती गरेको छैन, रमाले पनि आफूले
गरेको गल्ती मैले थाहै पाएको छैनन् झैं गरेकी थिइन् । हामी काइला काकाको घरतिर लाग्यो
।
काइला काकाको घरमा मान्छे धेरै जम्मा भएका थिए
। हामीले घर छाउने सक्यौ । रमाले पानी बोक्ले, भान्सातिर काम
गरिन् । बेलुकी घर निब्जियो । काकाले घरमा खसी काटे । भोजभतेर चल्यो । मगरको बस्ती
। मगरकै छोरा परियो । अलिअलि भन्दाभन्दै धेरै खाइएछ । रमालाई घर पठाएँ । काइला
काका, कामे, सार्के, गोठे, पेले
र म बसेर हिसाबकिताब ग¥यौं । अलिकति खाने थप्यौ पनि ।
‘भाउजूको चालामाला राम्रो छैन है दाइ ।’
गोठेले
कुरा निकाल्यो ।
‘रामेलाई थाहै होला नि ?’ काइला
काकाले बोलें । मलै थाहा भएको कुरा अरुले कसरी थाहा पाएछन् ? म
केही बोलिनँ । मानौ म मातेको छु ।
‘फलानोसँग बस्छ भन्ने गाउँभरि हल्ला छ
है दाइ ।’ कामे बोल्यो ।
पेंले र सार्केले पनि उस्तै कुरा गरें
। मनमा रिस उठ्यो । थाहा पाएर पनि मैले मातेर थाहा नपाएझैं गरिरहें । थपिरह्यौं ।
उनीहरु मातेर कुरै नगर्ने अवस्थामा पुगे । म घरतिर लागें ।
०००
रातको दश बजेतिर म घरमा पुगें । रमा
सुतेकी थिइन् । एक मनले साचें ‘खुकुरीले छप्काइदिउँ ?’ अर्को
मनले साच्यो ‘दुबैलाई छप्काइदिन्छु ।’ म रमाको छेउमा
गएर सुतेझैं गरें ।
मध्यरात भयो । रमा उसैगरी उठिन् ।
अघिल्ला दिनहरुमा जस्तै हिँडिन् । मैले पेटारोबाट खुकुरी निकालें । म पनि घरबाट
निक्लिएँ । सधैंझैं गोठेको घर काटिन्, खोल्सा काटिन्, मुखियाको घर,
आँगन
काटिन् । मुखिया बाको पाँचवटा घर पार गरिन् । एउटा घर आयो । त्यस घरलाई गाउँका
सबैले ‘पल्लोघर’ भन्छन् । त्यहाँ बस्छन्, वीरे कान्छा ।
उनी उही ढोकामा उभिइन् । ढोका ढकढक ढकढक गरिन् । खोलियो । भित्र छिरिन् ।
म रिसले आगो भएँ । आफन्त, सारा
संसार केही सोचिनँ । सरासर गएँ । ढोका लात्ताले हानें । अगालो लगाएकै रहनछन् ।
उनीहरु दुबैजना ओछ्यानमा थिए । ‘रमा, तँ र वीरे
कान्छा मरिस् ।’ यो भन्दा अरु शब्दै फुरेन ।
मैले साथमा लगेको खुकुरीले दुबैलाई छप्काइदिएँ ।
मैले साथमा लगेको खुकुरीले दुबैलाई छप्काइदिएँ ।
०००
लेखकः खेमराज गाउँले/रोल्पा
राम्रो कथा !
ReplyDelete