Breaking News
Loading...

खेमराज गाउँले
वर्षको सुरूकै दिन स्रष्टाहरू मिलेर साहित्यिक वनभोज कार्यक्रम आयोजना गरे । रोल्पाको माडिचौरमा २०७१ वैशाख १ गते वनभोज कार्यक्रम गरी सुरू गरिएको साहित्यिक गतिविधि वर्षभरि चलिरह्यो ।

भानुभक्त आचार्य द्विशतवार्षिकी राप्ती अञ्चल समारोह समितिले रोल्पामै आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी असार २७ गते मनायो । कार्यक्रममा प्युठानका भेषराज गिरी र देवेन्द्रकुमार रिजाल, दाङका शंकर पौडेल, रूकुमका मणिराम गौतम उपाध्याय, रोल्पाका खेमराज शर्मा र बमकुमारी बुढामगर सम्मानित भए ।
ललित साहित्य परिषद् रोल्पा र राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले असार २९  गते भानु जयन्ती मनाए । कार्यक्रममा ललित साहित्य परिषद् रोल्पाले साहित्यकार रमेश सुवेदीलाई दोसल्ला ओढाई अभिनन्दन गर्‍यो ।

भानुभक्त आचार्य द्विशतवार्षिकी राप्ती अञ्चल समारोह समितिले रोल्पामा राप्ती अञ्चलस्तरीय कविता प्रतियोगिताको आयोजना ग¥यो । प्रतियोगीहरूमध्ये दाङका नवीन अभिलाषी प्रथम, रोल्पाका रवीन्द्र सुनार द्वितीय, प्युठानका देवेन्द्रकुमार रिजाल तृतीय र रोल्पाका विष्णु सन्न्यास सान्त्वना भएका थिए ।

ललित साहित्य परिषद् रोल्पा र राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले संयुक्त रूपमा भदौ ९ गते मोती जयन्ती मनाए । सो अबसरमा ‘दियो नवप्रतिभा पुरस्कार’ गजलकार कमला विधुमगरलाई प्रदान गरियो भने ‘सरूपाचित्र नारी प्रतिभा पुरस्कार २०७०’ देवा सानुनयलाई प्रदान गरियो ।

प्रगतिशील लेखक सङ्घ नेपाल रोल्पा शाखाको तेस्रो जिल्ला अधिवेशन असार २१ गते  लिबाङमा सम्पन्न भयो । अधिवेशनले नवीन लोचनमगरको अध्यक्षतामा १ सदस्य पछि थप्ने गरी ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रगतिशील लेखक संघ रोल्पाले साउन १५ गते लिबाङमा आयोजित गजलकार धनराज अविरलको विदाई कार्यक्रम ग¥यो । विदाई कार्यक्रममा गजलकार धनराज अविरलले रोल्पामा ‘पल्लवी गजल साधना पुरस्कार’को घोषणा गरे ।

ललित साहित्य परिषद्, रोल्पाको छैठौं अधिवेशन तथा १४ औं साधारणसभा असोज ४ गते लिबाङ सम्पन्न भयो । अधिवेशनले पुनः ओम पन्छीको अध्यक्षामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको गर्‍यो ।

प्रलेसले कात्तिक २२ गते प्रगतिवादी कवि पुरण क्षेत्रीको ‘देशले हाम्रो उत्साह खोजिरहेछ’ कवितासंग्रहको लोकार्पण कार्यक्रम सम्पन्न गर्‍यो ।

ललित साहित्य परिषद्, रोल्पाले बिहीबार रोल्पाले प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते लिबाङमा ‘सरसफाइसम्बन्धी खुल्ला कविता प्रतियोगिता’ सम्पन्न गरेको छ । प्रतियोगितामा लोकेन्द्र सेन, प्रार्थना सुवेदी, मतिराम आरसी र मोहन गाउँले मगर क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए ।

ललित आफ्नो १४ औं वार्षिकोत्सव चैत्र २१ गते मनायो । सो अबसरमा कृति लोकार्पण, पुरस्कार वितरण तथा रचना वाचन कार्यक्रम सम्पन्न ग¥यो । वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला मुक्तक प्रतियोगितामा पाछाबाङका कमल विवश मगर प्रथम, लिबाङका लोकेन्द्र सेन द्वितीय, लिबाङका विनोद डाँगी तृतीय र मिझिङका आयुषा बस्नेत सान्त्वना भए ।

नेपाली लेखक संघ, रोल्पाको फागुन २९ गते सम्पन्न दोस्रो अधिवेशनले पुनः दामु मर्सिफुलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्‍यो ।


नियमित कार्यक्रमहरूः
राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको मासिक कार्यक्रम स्रष्टा चौतारी पनि नियमित रूपमा चल्यो । स्रष्टा चौतारीको २५ औं शृङ्खलालाई भदौ रजत उत्सवको रूपमा मनायो । यसै वर्षबाट २ वटा नियमित कार्यक्रमहरू थपिए । ललितले एकल रचना वाचनको कार्यक्रम सुरू गर्‍यो भने राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले कृति समीक्षा कार्यक्रम सम्पन्न भयो ।

जेठमा खेमराज शर्माबाट सुरू गरिएको एकल रचना वाचन कार्यक्रममा क्रमशः डी.बी. टुहुरो, सीता शर्मा, रमेश सुवेदी, टेकेन्द्र जी.एम., गायत्री घर्तीमगर, डा. कृष्णराज डी.सी., काशीराम डाँगी, कुलानन्द गिरी र कविता उपाध्यायले रचना वाचन गरे । हरेक महिनाको अन्तिम शनिबार एकल रचना वाचन गरिन्छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाले साउनबाट कृति समीक्षा कार्यक्रम सुरू ग¥यो । गीता निर्दोषीको काँडाबीचको फूल कवितासँग्रह समीक्षा गर्दै सुरू भएको कार्यक्रम क्रमशः ओम पन्छीको तरंग गजलसंग्रह, नारायण आचार्यको पासैपास हाँस्यव्यंग्य निबन्धसंग्रह र पर्शुराम अभागीको चिनो कथासंग्रहको समीक्षा भइसकेका छन् । द्वैमासिक रूपमा कृति समीक्षा कार्यक्रम हुन्छ ।

रोल्पाले गुमाएको स्रष्टाहरूः
रोल्पाले २०७१ मा दुई जना स्रष्टा गुमायो । राङ्कोट निबासी कवि दलप्रसाद घर्तीमगरको कात्तिकमा निधन भयो । राङ्कोट–२ रोल्पा निबासी घर्तीमगरको जन्म १९८९ चैत्र १५ गते भएको थियो । मृत्युपश्चात उनको मनको बह खण्डकाव्य प्रकाशित भयो । वर्षको अन्त्यतिर कवि एवं समालोचक गौरीकिरण डाँगीको निधन भयो । जुगार–२ रोल्पामा उनको जन्म वि.सं. २०३६ भदौ २७ गते भएको थियो ।
___खेमराज गाउँले
अपडेटः २०७२ वैशाख १

1 प्रतिक्रिया:

  1. यस्तो भएछ है।
    मलाई खुशी पनि लाग्यो र दुःख पनि लाग्यो।

    ReplyDelete

Khemraj Gaunle / Khumel, Rolpa, Nepal