Breaking News
Loading...

Info Post
~~~~~~~~~गीत-१~~~~~~~~~~~~~
भाग्य फेर्न सकिदैन भावीले लेखेपछि
मायामा रोग लाग्यो दुनियाँले देखेपछि ।

पराइको डोलीमा देख्दैछु आज म किन
आँखा चिम्ली हेर्न खोजें देख्नै सकिनँ ।

नयनको अगाडि पर्दा बनि छेकेपछि
मायामा रोग लाग्यो दुनियाँले देखेपछि ।

कहिल्यै नमेटिने साइनो नै मेटियो
हिड्दै जाँदा आज फेरि दोबाटो भेटियो ।
छुट्टिनै गाह्रो भयो तिमीलाई भेटेपछि
मायामा रोग लाग्यो दुनियाँले देखेपछि ।

जीवन साथी यो जुनीमा पाइएन बन्न
मन लाग्दैन तिमीलाई पराइ हौं भन्न ।
आफैं स्वार्थी बन्यौ मायाको प्यास मेटेपछि
मायामा रोग लाग्यो दुनियाँले देखेपछि ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.