Breaking News
Loading...

Info Post
--- खेमराज गाउँले
भेडाहरु चराउन सजिलो हुन्छ
वनमा सँगसँगै चर्छन्
सँगसँगै घर फर्कन्छन्
भेडाहरु सधैं
भेडाकै पछि लाग्छन्
खेमराज गाउँले

भेडाहरु पाल्न सजिलो हुन्छ
त्यसैले, मैले भेँडा पालन गरेँ ।

एकदिन मैले
वनमा चराउन लगेका भेँडाहरु
वनमै हराए
निकै बेरपछि भेटेँ
ती सबै भेडाहरु
खाडलमा खसेका रहेछन्
बल्लतल्ल निकाले खाल्डोबाट
अनि घर ल्याएँ
तर, एकदिन
मेरा केही भेँडाहरु बाघले खाइदियो
बाँकी सबैलाई घाइते बनाइदियो ।

यी घटनाहरु भइरहँदा
मैले थाहा पाएँ
भेँडाहरु भेडाकै पछि लाग्छन्
अगुवा भेँडाले जस्तो ग¥यो
त्यही गर्छन् बाँकी भेँडाहरु ।
गर्ने/नगर्ने थाहा पाउँदैनन्
राम्रो/नराम्रो छुट्याउन
सक्दैनन् भेँडाहरु
आफूखुसी गर्छन् भेँडाहरु ।
त्यसैले त भेँडाहरु
कहिले सबै खाल्डोमा पस्छन्
कहिले वनमै हराउँछन् सबै
कहिले सबैलाई खान्छ/घाइते बनाउँछ बाघले ।

पाल्न जति सजिलो छ भेँडालाई
हुर्काउन/स्याहार गर्न त्यति नै गाह्रो छ
त्यसैले, अब मैले
भेँडा नपाल्ने सोँच बनाएको छु
कसो होला ?