Breaking News
Loading...

Info Post
मेरो आफ्नै भतिजो पर्नेसँग भेट भयो । काम विशेषले लिबाङ आएको बेला भएको भेट नरमाइलो लाग्यो । ऊ बेस्सरी रोयो मसँग । धेरै कुरा उनको गर्‍यो । उनीसँग विछोडिएको प्रमाण यही पत्र रहेछ । पत्र मलाई पढ्न दियो । मैले पढेँ । पत्रको सार यस्तो थियो–
प्रिय साथी मीठो माया अनि असिम सम्झनका अविरल यादहरु केवल मात्र तपाई साथीको तर्फबाट
विवश रही विवशताको कोर्दैछु । कहाँबाट सम्बोधन गरुँ, म तपाईलाई अनि कुन शब्दले पुकारुँ म तपाईलाई । न मेरो बोल्ने कुनै अधिकार छ, न कुनै उपाय । तर पनि मसँग अझै पनि बोलन सक्ने क्षमता छ । त्यसैले त म तपाईसँग एउटा सानो पत्रद्वारा हजुरको हृदयमा केही कु
रा थाहा पाउनको लागि जानीनजानी कालो मसिको अमित छापहरु लगाइरहेकी छु । श्याम जी, जीवन एउटा मान्छे जन्मन्छ । उसलाई आफू बालकबाट युवा भएको थाहा हुँदैन रहेछ । फुलिरहेको मगमगाउँदो फूलहरुसँग ऊ डाँडापाखा हरियाली, भन्ज्याङ अिन रमणीय वातावरणसँग लुकामारी गर्दै र कतै
भमराले आएर चुमिदेला भनि उसालाई हरेक किसिमका डरहरुले छोइरहेको हुन्छ । तर ऊ कति मगमगाएर फूलेको हुन्छ आफ्नै दुँनियामा । अपसोच ! फूलहरु कति अभागि हुँदा रहेछन् । जीवनमा अजम्बरी कहाँ फूल्न पाएका हुन्छन् । प्रकृतिमा पुग्न नपाउँदै ओइलाएर झरिहाल्छ । यस्तै भएको छ मेरो जीवन पनि । माया गर्छु त कसैबाट माया पाउँछु । माया गर्छन् तर पनि मायाका स्मरणहरु पाउँदिन ।
 श्याम, प्रेम लगाएर लगाइने कुरा होइन । प्रेम त बगैँचामा आफै फुल्ने फूल हो, होइन र ? तपाईसँग माया गरी हरेक पलहरु दुःख, सुख, हाँसो, रोदन अिन अप्ठ्यारा खुट्किलाहरु सँगै पार गरुँला जस्तो लाग्थ्यो । तपाईसँग जति रुन परे पनि म सधै हाँसीहाँसी दिनहरु काट्न सक्छु होला जस्तो लागि रहन्थ्यो । तपाईसँग गरेका ती बाचाहरुले अझै पनि छाति चिरेर आउँछ । तर के गर्नु मायामा यति ठूलो सागर पलायो । श्याम, अनि कटि डरलाग्दो पहाडहरु उभिए मेरो सामु । म त्यो पहाड र सागरसँग अल्झिएँ । यही पहाड र सागरसँग रुँदै कराउँदै र दुःखकष्टहरुलाई संगाली जीवन र मृत्युको दोसाँधमा उभिएको छु । हजुरले मसँग साँचो माया गर्नु भएको थियो या थिएन । त्यो मलाई थाहा भएन । तर मलाई त यस्तो लाग्थ्यो हजुर विनाको जिन्दगी त कल्पना गर्न सक्दिनँ जस्तो लाग्थ्यो ।
मलाई पनि त रहर थियो हजुरको घरको संघार टेक्न अनि त्यो सुन्दर घर सजाउन । तपाईसँग जीवन विताउन साहै्र रहर थियो । तर के गर्नु, समय र परिस्थितिले गर्दा पाइला अन्तै माडियो । तर पनि किन किन हजुरको माया बढी लाग्छ । हजुरकै याद आउँछ । हजुरलाई मैले धोका दिएँ । गाली गर्नुस् । घृणा गर्नुस् । सराप दिनुस् । म भोग्न तयार छु । जानीनजानी हजुरको दिलमा चोट पु¥याउन खोज्दा आफैलाई दुखिरहेको छ । मैले तपाईसँग गरेका बाचाहरु त पूरा गर्न सकिनँ तर यो जुन यस्तै भयो अर्को जन्ममा तपाईकै भएर जन्मन पाउँ ।

श्याम, फेरि अरु कसैलाई माया गरेको हुनुहुन्छ भने उसलाई मेरै हातले सजाएको दुलही मानेर छिट्टै आफ्नो घरमा भित्र्याउनु है । अनि तपाईका ती जोडिहरु कहिल्यै पनि नछुटोस् । परेवाको जोडि झै शान्तिपूर्वक रहनू । यही छ मेरो शुभकामना । मेरो शुभकामनालाई अस्वीकार गरेर घृणा गरे पनि खुसी छु । किनकि तपाईको अतितको को धोकेबाज हो । तपाईसँग गरेका मायाहरु र तपाईसँग गरेका तितामीठा पलहरु सम्झदा त भक्कानो फुटेर आउँछ बरु यसको भन्दा त छिट्टै आफ्नो जीवनसाथी बनाउनू । म हजुरको यही कामना र पर्खाइमा बसिरहने छु । श्याम, समय कति छोटो छ । यही समयअवधिभित्र त हो नि मान्छे चल्ने । त्यसैले मलाई समयले साथ दिएन । पोखूँ भने मनको बदेना त कति छन् कति । लेख्दै जाँदा उपन्यास बन्ला । आज मसँग समय छेन । बरु केही दिनहरुमा फेरि भेट भयौँ भने राम्रो साथी बनेर बाल्नु ल .......

उही तपाईको धोकेबाज

1 प्रतिक्रिया:

  1. Krti haru yestai hunchan bhanya...maile pani maya ta gareko ni ta but she was not satisfied with my true love and I observe that any girls never think about truth they just fly in sky without any angle. My story is same but from that day I never try to trust any girls and today I am alone I don’t care and also I don’t know ….By the way I will post my love story soon if I am free with my daily activities.

    ReplyDelete

Khemraj Gaunle / Khumel, Rolpa, Nepal