Breaking News
Loading...

Info Post
         - खेमराज गाउँले
संविधान बनाउनुछ धारा जान्दैनौ तिमी
कति अबुझ छौ कति, सारा जान्दैनौ तिमी ।

पीडितले न्याय पाउन मुस्किल छ,
को सज्जन को ज्यानमारा जान्दैनौ तिमी ।

सबैलाई हेर्ने दृष्टि गुम्न थालेछ तिम्रो,
उज्यालो दिने जून हो कि तारा जान्दैनौ तिमी ।

राम्रो होस् या नराम्रो विरोध गरे पुग्यो,
जुलुसमा हिड्छौ तर नारा जान्दैनौ तिमी ।

तिमीबाट अब कुन कुराको आशा राख्ने ?
अलिकति पनि अप्ठ्यारा जान्दैनौ तिमी ।
Khemraj Gaunle
(खुमेल, रोल्पा । २०६८ मंसिर ७ गते)