मन्दिरमा सजाइएको–खेमराज गाउँले / खुमेल, रोल्पा
त्यो ढुङ्गा
न कहिले बालेको छ
न चढाएको प्रसाद नै आएको छ
निराहार र अनवरत रुपमा
तपस्यारत त्यो ढुङ्गा
बाटोमा फालिदेऊ सबैले कुच्छन्
मन्दिरमा राखिदेऊ सबैले पुज्छन्
तिमीले गरेको दुव्र्यवहार पनि सहन्छ
तिमीले गरेको सुव्यवहार पनि सहन्छ
तर
तिमीले मागेको
कुनै पनि माग पूरा गरिदिन सक्दैन
त्यो ढुङ्गाले
त्यसैले ढुङ्गा
पनि देवता हुन्छ र ?
संसारमै नभएको
त्यो देवता
कसले देख्न सक्यो
कसले देख्न सक्छ
र, कसले देख्न सक्ला ?
अब, देवतामाथि विश्वास गर्नेहरु
ढुङ्गालाई देवता मानेर पुज्नेहरु
होसियार हुनुपर्छ
सबैले बुझ्न जरुरी छ
देवता र ढुङ्गा के हो ?
जसले सुमार्ग देखाउँछ
जसले सत्कर्म गर्छ
त्यो हो देवता
त्यसैले,
देवता देवता पनि ढुङ्गा हुन्छ र ?
यदि देवता ढुङ्गा हो भने
ढुङ्गा देवता हो भने
देवता पनि ढुङ्गा जस्तै
कहिल्यै बोल्न सक्दैन
अबुझ हुन्छ ढुङ्गा
देवता पनि अबुझ नै हुन्छ
त्यसैले,
आस्था नराख तिमी देवतामाथि
अब विश्वास नगर तिमी
ढुङ्गालाई देवता भनी
किनकी,
देवता ढुङ्गा हुनसक्छ
तर,
ढुङ्गा कहिल्यै देवता हुन सक्दैन ।
सभारः http://www.facebook.com/rolpa notes
0 प्रतिक्रिया:
Post a Comment
Khemraj Gaunle / Khumel, Rolpa, Nepal
Click to see the code!
To insert emoticon you must added at least one space before the code.