Breaking News
Loading...

Info Post
कात्तिक १३ गते रोल्पाको सुलिचौरमा सम्पन्न सडक साहित्य अभियानको १२ औं श्रृङ्खला तथा दिपावलीको शुभकामना कार्यक्रमका केही तस्वीरहरु । राप्ती साहित्य परिषद् जिल्ला संयोजन समित रोल्पाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला तथा स्थानीय स्तरका ३० वढी साहित्यकारहरुको जमघट भएको थियो । 
कार्यक्रममा बाचित राप्ती साहित्य परिषद् रोल्पा जिल्ला संयोजक डिबी टुहुरोको कविताः
म देशभक्त
म देशभक्त एउटा, सहन्न चोट देशको
मरेर एक राखुँला, अखण्डखण्ड देशको ।


सुतेर मस्त चालमा, सहेर बस्न सक्दिनँ
फसेर दाउ पेचमा, विषादमा म पर्दिन ।


म आँट, जोश होसमा, रहन्छु भीर कन्दर
हरेक खण्ड खण्डमा, रहन्छ प्राण चेतना


चटाउँला म रक्तको, असंख्य विन्दु पाउँमा
सहिद भइ बचाउँला, अर्पेर प्राण दाउमा ।


म गर्न पाउँ सिर्जना, भरेर शेष प्रगति
म मर्न पाउँ काखमा, गरेर देश उन्नति


उभेर मातृभूमिमा, म मुस्कुराउँ फूलझै
छरेर दिव्य रोषनी, म झलमलाउँ जूनझैं


सबै त एक मर्दछन्, हजारपल्ट मर्छ को ?
तिनै त मर्न जान्दछन्, दिएर रक्त जान्छ जो


हजार पल्ट जन्मदा, बनूँ सपूत देशको
अपार पार जिन्दगी, म बनूँ देशभक्तको ।

–डिवी टुहुरो
राप्ती साहित्य परिषद्

पीपलबोटमा रचना वाचन गर्दै साहित्यकारहरु
सुलिचौर बजारमा सूचना दिदै दिपेश पराइ विष्ट  घनश्याम गिरी र लोकेन्द्र सेन
लिबाङ फर्कने समयमा सामुहिक फोटो खिचाउदै
पीपलबोटमा रचना वाचन गर्दै साहित्यकारहरु
पिलबोटमा
सातदोबाटमा जाजाजादै ओर्लिएपछि

रुइनिबाङ बजारमा सूचना दिदै दिपेश पराइ विष्ट  घनश्याम गिरी र लोकेन्द्र सेन

1 प्रतिक्रिया:

  1. Dear Brother,

    Keep your best wishes and your biggest goals close to your heart and dedicate time to them every day. If you truly care about what you do and you work diligently at it, there's almost nothing you can’t accomplish.

    Best Regards,
    Manoj Bista
    Kingdom Of Saudi Arabia
    SAHARA Petrochemical Company

    ReplyDelete

Khemraj Gaunle / Khumel, Rolpa, Nepal