Breaking News
Loading...

Info Post
आजकल किन हेरिरहूँ लाग्छ तिमीलाई
मायाको डोरीले बेरिरहूँ लाग्छ तिमीलाई ।

तिमी मेरो वरिपरी आउँछ्यौ सधैंभरी
सपनीमा पनि देखिरहूँ लाग्छ तिमीलाई ।


माया साट्दै मिठा मिठा गफगाफ गर्न
टुडिखेल चौरमा भेटिरहूँ लाग्छ तिमीलाई ।

तिम्रो साथ पाउँदा गजल गाउने मौका पाएँ
गजलमा सधैं सधैं लेखिरहूँ लाग्छ तिमीलाई ।
खेमराज गाउँले/खुमेल रोल्पा 

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal