Breaking News
Loading...

Info Post
१--------------
चौतारीमा संगै
लुकामारी खेलेको
कति चाँडै भूलेको ।


२-------------
हिजो जस्तै लाग्छ
द्यौरालीमा झरेको
संगै खोला तरेको ।

३--------------
धेरै बर्ष भयो
भेट हाम्रो भाछैन
अन्तै माया लाछैन ।

४-----------------
क्या राम्री नानी त
फूलबुट्टे चोलीमा
मोहनी छ बोलीमा ।
--खेमराज गाउँले/रोल्पा--
· · Share










    • Neeraj Gm वा ! वा ! खेमराज जी को सँग हो भेट नभाको ।
      September 7 at 8:13am via Facebook Mobile · ·




    • Khemraj Gaunle धेरैसंग भेट भएको छैन नीरज जी । आज बल्लबल्ला ख्यालीहरुसंग भेट भएको छ । भेट गर्ने धेरै संग बाँकी नै छ ।
      September 7 at 8:15am · ·




    • Neeraj Gm नआत्तिनुस् म पनि छिटै फर्किदै छु । सँगै मिलेर भेट्न जाउँला ! ! !
      September 7 at 8:33am via Facebook Mobile · ·




    • Neeraj Gm नआत्तिनुस् म पनि छिटै फर्किदै छु । अनि सँगसँगै भेट्न जाउँला ! ! !
      September 7 at 8:34am via Facebook Mobile · ·




    • श्रेष्ठ समनश्री pranaya-sparshi....! Khyali Rolpa ko naya product ho khem sir?
      September 7 at 8:35am via Facebook Mobile · ·




    • Berojgar Yuwa khayali ? Any way all is well.
      September 7 at 8:45am via Facebook Mobile · · 1 personLoading... ·




    • Khemraj Gaunle समनश्री जी ख्याली रोल्पाको नयाँ उत्पादन भन्दा पनि पश्चिमी नेपालको पाल्पा स्याङ्जा गुल्मी लगाएका जिल्लामा गाइने गीत हो भन्छन् । ख्यालीलाइ रोइला पनि भनिन्छ । कतै गीतहरु सुनेको भरमा लेखियो साच्चै ख्याली भयो या भएन । प्रयास मात्रै गरेको हुँ सर ।
      September 7 at 8:46am · ·




    • शेरबहादुर थापा ख्यालीहरु !
      September 7 at 9:55am · ·




    • Suresh Kumar Kc bha6 bha6.....dont worry khem raj..........try another
      September 7 at 10:02am · ·




    • Khemraj Gaunle धन्यबाद सुरेश दाइ ।
      September 7 at 10:17am · ·




    • Kiran T. Limbu पहिलो पल्ट यति मिठो भाकाको ख्याली गाउन पाएँ, मलाई त यो भाकामा छमछम नाच्न मन पर्‍यो ।
      September 7 at 12:59pm · · 1 personLoading... ·




    • Chum Limbu मन पर्यो ! यो विधालाई अलिक गहन लेखन विधामा लानु पर्ला !
      September 7 at 1:52pm · · 3 peopleLoading... ·




    • Hom Bahadur Thapa khembro, your writting style is good .
      September 7 at 3:10pm · · 1 personLoading... ·




    • Manu Lohorung मैले बुझे सम्म पश्चिम अंचल र मध्यपश्चिम अंचलमा चर्चित एक लोक भाक आधुनिकताले ओझेलमा राखेको बेला यसको उत्खनन र उजागर गर्नु भएकोमा यो सराहनीय कार्य हो l समभव भए सम्म यसको श्रव्य वा श्रव्यदृश्यलाई पनि यो फेसबुकमा शेयर गर्नु भएमा अझै उत्तम हुनेथियो l तर यही थालनीलाई पनि मैले स-सम्मान सबै ख्यालीहरु मन पराएँ l यहाँको यो जगेडा-कार्यलाई निरन्तरता दिनु होला हार्दिक शुभकामना lखेम जी !
      September 7 at 3:42pm · · 1 personLoading... ·




    • Khemraj Gaunle धन्यबाद मनु दिदी । तपाइहरुको सल्लाह अनुसार म अगाडि बढ्ने हरप्रयास गर्नेछु ।
      September 7 at 3:43pm · ·




    • Ramu Magar tar yar khem ji maile ta bujhnai sakena. sayad yasko laya thaha napayar po ho ki?
      September 7 at 3:49pm · · 1 personLoading... ·




    • Bhagawati बस्नेत अहा सुन्दर ख्यालीहरु !
      September 7 at 5:17pm · · 1 personLoading... ·




    • Magar Kamal Rolpali sundar cha hain khem jee....... hamrro pahichan banaunu parcha.. rolpa baate pani......
      September 7 at 5:30pm · · 1 personLoading... ·




    • जीतु रमाइलो मान्छे सुन्दर लाग्यो गाउले को रचना
      September 7 at 6:03pm · ·




    • Chandra Gharti Magar खेमा जी राम्रो सुरुवात । मेरो बिचारमा थालनी गरिसके पछी अलपत्र छाड्नु चाहि भएन है । अझै परिस्क्रित र उत्खनन गरिनुपर्छ भन्ने मेरो मत हो । बधाई एवम शुभकामना ।
      September 7 at 6:36pm · ·




    • सुमन मञ्जरी नयाँ रचना निक्कै मन तान्न सफल भयो है निरन्तरता दिनुहोला ....
      September 7 at 7:00pm · ·




    • मधु सुधन हिजो जस्तै लाग्छ ,द्यौरालीमा झरेको, संगै खोला तरेको ।
      हजुरले मलाईनै लेख्नु भए जस्तो लाग्यो । खेम जी निरन्तरताको कामना । अती राम्रो ।
      September 7 at 7:20pm · ·




    • बिष्णुनन्द चाम्लिङ Manu Lohorung मैले बुझे सम्म पश्चिम अंचल र मध्यपश्चिम अंचलमा चर्चित एक लोक भाक आधुनिकताले ओझेलमा राखेको बेला यसको उत्खनन र उजागर गर्नु भएकोमा यो सराहनीय कार्य हो l समभव भए सम्म यसको श्रव्य वा श्रव्यदृश्यलाई पनि यो फेसबुकमा शेयर गर्नु भएमा अझै उत्तम हुनेथियो l तर यही थालनीलाई पनि मैले स-सम्मान सबै ख्यालीहरु मन पराएँ l यहाँको यो जगेडा-कार्यलाई निरन्तरता दिनु होला हार्दिक शुभकामना lखेम जी मै त मनु जीको कुरालाई सर्लाक्कै उतारेँ है ।
      September 8 at 6:46am · ·




    • Aabaj Sharma हृदय जित्यो गाउँले बन्धु । सबै एकसे एक छन् ।

      आफू र आफ्नो चिनाउने सशक्त माध्यम हो, लोक सम्पदा । त्यहीँ भित्रैको सिर्जना मेरो सम्मानको पहिलो छनौट हो ।

      चौथोको उठानमा नै लय भंग छ । लोकभाकामा त लय ढुंगाको लकीर हो । अब ख्याल गर्नुहोला ।
      September 8 at 9:14am via Facebook Mobile ·

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal