Breaking News
Loading...

गजललाई नेपाली साहित्यमा भित्र्याउने युवाकवि मोतीराम भट्ट हुन् ।
खेमराज शर्मा
गजल एक गय विधा हो । गजलमा दुई पंक्तिको शेर हुन्छ । हरेक शेरमा अन्त्यानुप्रास मिलेको हुनुपर्छ । प्रत्येक जोडा मतलामा अनुप्रास, रदिफ आवृत्त हुने हुँदा त्यहाँ मिठो उच्चारण वाद ध्वनीको निर्माण हुन्छ । गजल गेयात्मक र लयात्मक मात्र नभएर कलात्मक पनि हुनुपर्छ । तखल्लुसमा गजलकारको संक्षिप्त नाम दिएर गजलको अत्य भएको पनि पाइन्छ । गजल यत्तिकै शेरमा रचिनुपर्छ भन्ने छैन प्रायः बिजोर शेरमा लेखिनुपर्छ भन्ने भनाइ छ । हालका दिनमा आएर छोटा गजल लेख्ने गरेको पनि पाइन्छ । ‘सीमावारि सीमापारी’ १५ जना रोल्पाली स्रष्टाहरुको सामुहिक शब्द खेती हो । रोल्पामा जन्मेर गरिबीको पिरााले मत्थर पार्नलाई सीमापारी अर्थात् मरुभूमिमा आफ्नो जीवन घोटिरहुनभएका ९ जना र स्वेदशमा दुःखजेला सहेर बस्नुभएका ६ जनाको मिलनविन्दु बनेको छ, प्रस्तुत कृति ।

हिजोका दिनमा अभाव, पीडा, अन्याय, अत्याचारलाई एकान्तमा बसेर आँसु झारेर बगाइन्थ्यो तर आज भने जमाना फेरिएको छ । दुःख र पीडालाई शब्दबाट आँसु र आक्रोशको रुपमा पोख्ने गरिन्छ । यिनै दुःखी मनहरुले सिलाएर बनेका शब्दका मालाहरु साहित्य बनेर पोखिन्छन् र पाठकको आँखाले, मनले जोखिन्छन् । ‘जति भयो टाढा उति’ भयो गाढा भनेझैं घर छाडेपछि घरपरिवारको महत्व र माया झल्कदो रहेछ भने देश छाडेपछि देशको माया र वरपिपलुको छायाले पिरल्दो रहेछ । यिनै पिरोलिएका परदेशीका मनहरुले शब्दका थुंगा पठाएका रहेछन् र यताले पनि त्यस्तै थुंगा मिसाएर तयार भएको रहेछ, १५ थरी रङको एक माला ‘सीमावारि सीमापारी’ । १५ जना गजलस्रष्टाहरुमा सबै युवा मनहरु छन् । कर्ण गिरी (२०३२) देखि महेश केसी (२०५२) उमेरका हिसाबले माथिल्लो र तल्लो पुस्ताका देखिन्छन् भने बाँकी सबै ४ देखि ५ दशकबीचका देखिन्छन् । जसमा १३ जना पुरष छन् भने बाँकी २ जना महिला, जातीय हिसाबले हेर्दा १३ जना नै जनजाति समुदायबाट आएका  छन् भने २ जना अन्य जातिबाट । सबै गजलकारको मन पिरोलेको पाइन्छ, देशको राजनीतिक निकास नपाएकोमा, संविधान नबनेकामा, देशको व्यथितिले गजलकारको मन चिमोटिरहेको पाइन्छ । देशमा शान्ति र स्थायित्व भए श्रम र पसिना स्वदेशमा नै खन्याउन तत्पर देखिन्छन्, युवा मनहरु । घर समाजको मायाले उनीहरुको मन भक्कानिएको देखिन्छ । दर्दरुपि कठोर ढुंगासित टाउको ठोक्नलाई स्वेदशमा, विदेशमा घोरिन पुगेको साहित्यिक मनहरुलाई सलाम गर्नेपर्छ । जहाँ अभाव त्यहाँ सिर्जना भनेझैं चौरासी व्यञ्जनले घेरिएको सुनको थालेले जनताको साहित्य सिर्जना गर्न कहाँ सक्छ होला र । यो संसार दुई वर्गमा विभाजित छ । हुने खानेहरु खाओ पिओ र मोज गरेको आदर्शले प्ररित हुन्छन् भने हुँदा खानेहरु जिउनका लागि संघर्ष गरको आदर्शले प्रेरित हुन्छन् । यी दुई वर्गले आफ्नो वर्ग स्वार्थका लागि साहित्य रचना गर्नछन् । हुनेखानेहरु व्युटि, लभ र सेक्सलाई महत्व दिदै व्यक्ति प्रेमलाई महत्व ठान्छन् भने हुँदा खानेहरु सच्चा प्रेममा विश्वास राखेर वर्गीय प्रेममा विश्वास राख्छन् । उनी आफ्नै सुन्दरतालाई प्रधान ठान्छन् ।

‘सीमावारि सीमापारी’को मालाभित्र सजिन पुगेका १५ रङका यी रङ्गीन पुष्पहरु रोल्पाका उपज हुन् । यस जिल्लाका सम्पत्ति हुन् । कमल विवश मगर, कर्ण गिरी, केशव पुनमगर ‘मितज्यू’, खेमराज गाउँले,  देवी गुरुङ, दोर्णाचार्य बुढामगर ‘कान्छा’, नवीन लोचनमगर,  नौलोदीप मगर,  बाबुलाल बुढामगर ‘ढाङढुङे’, मनप्रसाद पुनमगर, महेश केसी, मालबहादुर वली ‘मिलन’, वसन्त घर्तीमगर ‘अभिषेक’, समीप वैरागी, र सर्मिला रोकामगर यस मालाभित्र समेटिएका छन् । यिनीहरु कहिल्यै पनि ओइलाउनु हुँदैन, झर्न हुँदैन । यी फूलहरु हाम्रा पाखा, खेतबारीहरुमा ढकमक्क फुल्नपर्छ । गजलकारहरुका प्रत्येकका ९ वटाका हिसाबले १३५ गजलहरु समावेश छन्, यस पुस्तकमा । त्यसमध्ये ५ जनाको उच्चस्तरका छन्, ५ जनाको मध्यमस्तरका र ५ जनाको तुलनात्मक हिसाबले सिकारु अवस्थाका छन् । केहीमा शब्द अलि बढी प्रयोग भएको हुँदा गति यतिका साथ गाउन कठीन देखिन्छन् । सबैमा अन्त्यानुप्रास मिलेको देखिन्छ ।  धेरै गजलहरु फैलाउन सकिने अवस्था हुँदाहुँदै पनि सोझो पार्नाले पूर्ण भाव प्रकट गर्न असमर्थ देखिन्छ । विज्ञ साहित्यकारबाट भाषा सम्पादन भएको हुँदा भाषिक त्रुटी छदै छैन भन्न पनि हुन्छ । शब्द सरल भएकाले बुझ्नलाई कठिन छैन । कुनै बैगुन नभएको मान्छी र केही कमी नभएको कृति हुँदैन भन्ने भनाइ छ । त्यसको अपवाद यस कृति हुने पनि भएन । समग्रमा यस गजलसंग्रह सीमावारिदेखि सीमापारिसम्मका सबैले पढ्न र गाउन योग्य छ । खासगरी सीमापारिको फूलहरुलाई म के भन्न चाहन्छु भने नेपालीहरुको बहादुर मनलाई खाडीका पसिनासँग सधंै नबगाउनुहोस् । हाम्रो जीवनलाई कुहेको ढलसित तुलना नगरौं । हाम्रो जिउँदो विचारलाई मरेको लाससँग तुलना नगरौं । हामी आशाको दीप बालौं । मृत्यु र निराशालाई हाम्रो आगनसम्म टेक्न नदिऔं । हामी नेपाली हुनु र नेपाली जातमा विश्वास राखौं तर परम्परागत जातभातमा विश्वास नगरौं । स्वदेशमा सुन फलाउनेहरुलाई मात्र होइन । परदेशमा पसिना खर्चेर धन फलाउनेलाई पनि सलाम । तपाईहरुको पसिनाले नै देश सिञ्चित छ र राष्ट्रिय शान जिवन्त छ ।

साहित्यिक रचनाको अर्को नाम निरन्तर साधना हो । तपाईहरुमा विचारको कमी छैन । शब्दको कमी छैन । भावना र मायाको कमी छैन । मित्रहरु, छालालाई सुन्दर र प्रधान नठान्नुहास्, भोलि चाउरिन सक्छ । पुष्ट मुख, हात र पाखुरालाई मात्र सुन्दर नठान्नुहोस् । समयले चाउरिन सक्छ । सुन्दर विचारलाई मात्र सुन्दर देख्नुहोस् । सुन्दर समाजलाई सुन्दर देख्नुहोस्, सुन्दर नजरलाई मात्र सुन्दर देख्नुहास् । तपाईहरुका कलम थाक्नुहुन्न । तपाईहरुका कलमले वैचारिक कुरुपताको खोइरो खन्न छाड्नुहुन्न । विभिन्न कठिनाइको बावजुद पनि साहित्यिक कृति रचना गर्नुभएकोमा बधाई ।

‘सीमावारि सीमापारी’का १५ पुष्प पत्रहरु
१.
सृष्टिको बीच उम्रन्छ रोपे एक दिन चम्केर
‘कमल’ फूल फुलेर छाडोस् नहोओस् नि बेकार
२.
त्यो सीमापारि लागेका यो मुटु दुख्छ नि
यी ‘कर्ण’ सुनुन् सन्चै छौ भनी सञ्चौ भन्ने खुसीको खबर

गालामा हैन छालामा हैन मुटुमा खोजौं कि
साथीको माया हिमाली छाया ‘मितज्यू’ बहार ।

सुनिन छाडे किन नि आज छाया र पाखामा,
‘गाउँले’हरु खोल्दैनन् गलो देउसी तिहार ।
५.
ढुकुर जोडी त्यो छोडी सक्दिन भुल्न ता,
‘देवी’ देऊ शक्ति फोरिन्छ घैलो त्यो बीच जहर

सिन्की र सिस्नो घरकै क्या मिठो ताकत
बनेर ‘कान्छा’ पराइ आँगन माटोकै पुकार ।

शक्तिका तिम्रो खटेको छैन हरेस नखाऊ
चर्कन्छ धर्ती, थर्कन्छ मुटु ‘नवीन’ हुँकार ।

बोकेको शक्ति त्यो चौडा हाँसो छ ओठमा,
यो ‘नौलो’ रीति अंगाली बढ छोडेर जंजिर ।

नेपालीपन रोल्पाली मन साच्नू है दिलमा,
‘बाबु’को काँध आमाको काख त्यो सुख्खा बगर ।
१०
जिन्दगीलाई नठान्नू मित्र हारको खेल हो
‘मन’ले गुनी मुटुले थुनी गर्नू है विचार ।
११
आमाले छोरा आगामा जाला ठानेकी थिइनन्
‘महेश’ फर्क हातमा पायन जाँगर बोकेर ।
१२
कोही छन् स्वार्थी हुँदामा हाई रुँदामा पराई
‘मिलन’ हुन्छ बादल फाटे गर्नुछ हाँसेर ।
१३
रगत दिनू देशले मागे आमा त रुदिनन्,
‘वसन्त’ खोज्नू पौखरभित्र हिमाली मुहार ।
१४
प्रतीक्षा गरी बसेका होलान् प्रतीक अनिसा
‘समीप’ आऊ खोजेर माटो सिर्जिन संसार ।
१५
झन ठूलो भाले बनेर पुरुष बास्दैछ रातैमा,
‘सर्मीला’हरु खेप्दछन् पीडा नबस सहेर ।

घोडागाउँ, रोल्पा (९८४७९९६४००)

1 प्रतिक्रिया:

  1. आमाले छोरा आगामा जाला ठानेकी थिइनन्
    ‘महेश’ फर्क हातमा पायन जाँगर बोकेर ।

    हामी १५ जना आभारी छौं।

    ReplyDelete

Khemraj Gaunle / Khumel, Rolpa, Nepal