Breaking News
Loading...

Info Post
  • खेमराज गाउँले 
चिनजान थिएन, प्रेमपत्र पठाएकी थियौ ।
तिमीबिना बाँच्दैन भन्दै सताएकी थियौ ।

प्रेमजालमा फसाउनलाई के मात्र गरिनौ ?
बनावटी कुराहरू मलाई बताएकी थियौ ।

मैले पनि तिमीलाई माया गर्न थालेपछि,
त्यतिबेलै तिमीले माया घटाएकी थियौ ।

विगतमा जे भयो भुलिदेऊ भनेकै थिएँ,
मलाई मार्न भनी केटाहरू खटाएकी थियौ ।