Breaking News
Loading...

Info Post
रोल्पा  । प्रगतिशील लेखक संघको स्थापना दिवसको अवसरमा २ वटा पुरस्कार वितरण गरिने भएको छ । प्रगतिशील लेखक संघ रोल्पाको शाखाको लिबाङमा सम्पन्न बैठकले दिवसका अवसरमा तिलकराम–रिमाल्नी साहित्यिक प्रतिभा पुरस्कार र पल्लवी गजल साधना पुरुस्कार वितरण गर्ने निर्णय गरेको हो ।

साहित्यकार खेमराज शर्माद्वारा स्थापित तिलकराम–रिमाल्नी साहित्यिक प्रतिभा पुरस्कार  हरेक वर्ष एक जना स्रष्टालाई प्रदान गरिने छ भने साहित्यकार धनराज अविरलद्वारा स्थापित ‘पल्लवी गजल साधना पुरुस्कार’ एकजना गजलकारलाई प्रदान गरिने छ ।

रोल्पा शाखा अध्यक्ष नवीन लोचनमगरको अध्यक्षतामा सम्पन्न बैठकले नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा प्रगतिवादी धारामा कलम चलाउने व्यक्तित्वहरुको सम्झनामा जन्मदिन र स्मृति दिन पारेर मनाउने निर्णय गरेको छ ।

- Khemraj Gaunle