Breaking News
Loading...

रोल्पा, २१ असार । प्रगतिशील लेखक सङ्घ नेपाल रोल्पा शाखाको तेस्रो जिल्ला अधिवेशन शनिबार लिबाङमा सम्पन्न भएको छ । अधिवेशनले नवीन लोचनमगरको अध्यक्षतामा १ सदस्य पछि थप्ने गरी ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जिल्ला शाखाको उपाध्यक्षमा आशिष क्षेत्री, सचिवमा देवी गुरुङ, सहसचिवमा खबपु चञ्चल मगर, कोषाध्यक्षमा प्रतीज्ञा बुढामगर रहेका छन् । त्यस्तै सदस्यहरुमा इन्द्र प्रियासन, नारायणी डाँगी, दर्शना तिरुवा, अशोक वली र नरेन्द्र प्यासी मगर रहेका छन् ।

प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष हिरामणि दुःखीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केन्द्रीय उपाध्यक्ष दुःखीले लेखकहरु सधैं जनताको पक्षबाट लडिरहनुपर्ने बताए । राजनीति समाज विकासको आधार नै भएकोले राजनीतिक दललाई विग्रन नदिन कलमका माध्यमबाट खबरदारी गरिरहनुपर्ने समेत उनले बताए ।

नवीन लोचनमगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको अवसरमा राजनीतिक दलहरुका तर्फबाट मनसिं डाँगी, पूर्ण केसी, फविन्द्र आचार्यले बोलेका थिए । त्यस्तै कार्यक्रममा डी.बी. टुहुरो, गौरीकिरण डाँगी, भगवती बुढामगर, गोकर्ण पुन, महेश न्यौपाने, मौसम रोकामगर लगायतले शुभकामना मन्तव्य दिएका थिए । देवी गुरुङको सञ्चालमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य लोक आलोकले दिएका थिए ।

सोही अवसरमा खुल्ला गद्य कविता वाचन प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा रविन्द्र सुनार प्रथम, खबपु चञ्चल मगर द्वितीय र इन्द्र प्रियाशन तृतीय भएको छन् । प्रतियोगितामा १० जनाले भाग लिएको आयोजकले जनाएको छ ।







































0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal