Breaking News
Loading...

Info Post
ललित साहित्य परिषद् रोल्पाले यही २०७० मंसिर २९ गते रोल्पाको लिबाङमा राप्ती अञ्चलस्तरीय गजल प्रतियोगिताको आयोजना गर्‍यो । प्रतियोगितामा दाङबाट २, सल्यानबाट २, प्युठानबाट १ र रोल्पाबाट २० गरी २५ गजलकारहरु सहभागी भएका थिए । प्रतियोगितामा दाङका नवीन अभिलाषी प्रथम, रोल्पाका खबपु चञ्चल मगर द्वितीय, रवीन्द्र सुनार तृतीय भएका भए । त्यस्तै सल्यानका दाङका राजेशकुमार अर्याल, रोल्पाका चेमली सौदामिनी मगर र तुलसीदीप ज्ञवाली सान्त्वना भएका छन् । प्रतियोगितामा विजयी प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्तनालाई १/१ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

२ कृति लोकार्पण ______________________________________________
कार्यक्रममा ललित साहित्य परिषद् रोल्पाका संस्थापक सचिव स्व. इन्द्र यात्रीको सम्मानार्थ प्रकाशन गरिएको ‘इन्द्र यात्री’ कृति र के.बी. घर्ती रोल्पाली घायलको ‘विछोडका घाउहरु’ गजलसङ्ग्रह विमोचन गरिएको थियो । ‘इन्द्र यात्री’को लोकार्पण कार्यक्रमको प्रमुख अतिथि भूपेन्द्र सुवेदी र स्व. यात्रीकी धर्मपत्नी लालकुमारी पुनले संयुक्त रुपमा गर्नुभएको थियो भने समीक्षा पत्रकार खेम बुढामगरले गर्नुभएको थियो । त्यस्तै ‘विछोडका घाउहरु’को विमोचन कार्यक्रमका विशिष्ट अतिथि एवं साहित्यकार नाराणप्रसाद सुवेदी र गौरीकिरण डाँगीले गर्नुभएको थियो भने समीक्षा गजलकार धनराज अविरलले गर्नुभएको थियो । 

परिषद्का सचिव खेमराज गाउँलेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार भूपेन्द्र सुवेदी, नारायणप्रसाद सुवेदी, गौरीकिरण डाँगी, डी.बी. टुहुरो, पुरण क्षेत्री, मोहन सहयात्री परियार, जितविक्रम मल्ल, चन्द्रा सुनारलगायतले बोलेका थिए । 

ओम पन्छीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव केवी विरही र सदस्य नवीन लोचनमगरले गरेका थिए । 
__________________________________________________________________
प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका गजलकारहरु यसप्रकार छन्ः

नवीन अभिलाषी/दाङ - प्रथम

खबपु चञ्चल मगर/रोल्पा - द्वितीय

रवीन्द्र सुनार/रोल्पा - तृतीय 

तुलसीदीप ज्ञवाली/रोल्पा - सान्त्वना

राजेशकुमार अर्याल/दाङ - सान्त्वना

चमेली सौदामिनी/रोल्पा - सान्त्वना

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal