Breaking News
Loading...

Info Post
अक्सिजन गजलसङ्ग्रह २०७०
युवा गजलकार दुर्गा बिएमको पहिलो कृति हो, ‘अक्सिजन’ गजलसङ्ग्रह २०७० । बुवा चन्द्रवीर बुढामगर र आमा जयकली बुढामगरका छोरा दुर्गा बी.एम.को स्थायी ठेगाना बुढागाउँ–३, लिङदुङ, रोल्पा हो । यस गजलसङ्ग्रहमा यिनका २८ वटा गजलहरु समावेश गरिएका छ । अधिकांस गजलहरु शृङ्गारिक भावमा लेखिएका छन् ।

यिनका केही गजलहरुमा काफिया प्रयोगमा सुधार्नुपर्ने देखिन्छ । आवरणमा ठूलो आफ्नो फोटो राख्नुले कृतिको ओज घटाएको जस्तै देखिन्छ । यिनले आवरणमा आफूलाई रोल्पाली कान्छाको रुपमा चिनाएका छन् भने परिचयमा अभागी कान्छाको रुपमा आफ्नो नाम उल्लेख गरेका छन् ।

कृतिको भित्री पृष्ठमा मूल्य, प्रकाशक, प्रकाशन मिति जस्ता महत्वपूर्ण कुराहरु उल्लेख गर्न चुकेका छन् । यसरी समग्रमा भन्नुपर्दा ‘अक्सिजन’ गजलसङ्ग्रह हतारको कृति हो । नवगजलकार दुर्गा बी.एम.ले आगामी कृति निकाल्नेबेला सच्याउनुहुनेछ या त अग्रजहरुको सल्लाहसुझाव लिएर कृति प्रकाशन गर्नुहुनेछ ।
२०७० पुस ५

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal