‘शीतविन्दु’
अर्धवार्षिक पत्रिकाको वर्ष ३, अंक ४ बजारमा आएको छ । राप्ती साहित्य
परिषद् जिल्ला शाखा रोल्पाद्वारा प्रकाशित कात्तिक–चैत २०७० अंक बजारमा
आएको हो । ४० पृष्ठको सो पत्रिकाको सम्पादन डी.बी. टुहुरोले गरेको छन् ।
______पत्रिकामा लोक आलोक, सरिता सरु मगरका कथा, गायत्री घर्तीमगर, दामु
मर्सिफुल, नवराज बुढा ‘नवीन उदासी’, चन्द्र जिएम र गौरीकिरण डाँगीका कविता,
खेमराज गाउँलेको केस्रा, विमला डाँगी ‘विकलता’, यम विरही मगर, पूर्णबहादुर
श्रेष्ठ ‘कवि पूर्णस्टार’, तेजेन्द्र बुढामगर, कुमबहादुर पुनमगर, एन.डी.
उदासी, चमेली सौदामिनी, नारायण रेग्मी ‘जिज्ञासु’, भीमा डिसी, बन्दना घर्ती
‘सेन’, नरेश मगर, इन्द्र प्रियाशन, केशव पुनमगर ‘मितज्यू’ र सिर्जना सेनका
गजलहरु, व्योम जी अवतार, दीपेश सङ्कल्प, देवा सानुनय, रवीन्द्र सुनारका
गीत, केवी विरहीको प्रबन्ध, गीता निर्दोषी, डी.बी. मगर ‘स्वेद’, सविन
विश्वकर्मा ‘संघर्ष’, लोकेन्द्र सेन ‘सिम्पल कान्छा’का मुक्तक, टीकाराम
उदासी, डी.बी. टुहुराको समीक्षा र कमला विधु मगर संस्मरण प्रकाशित छ ।
0 प्रतिक्रिया:
Post a Comment
Khemraj Gaunle / Khumel, Rolpa, Nepal
Click to see the code!
To insert emoticon you must added at least one space before the code.