Breaking News
Loading...

Info Post
 चैत २४, रोल्पा । ललित साहित्य परिषद् रोल्पाले जिल्लामै पहिलो पटक खुल्ला मुक्तक प्रतियोगिताको आयोजना गर्यो । आफ्नो १२ औं वार्षिकोत्सवको अवसमार शनिबार लिबाङमा खुल्ला मुक्तक प्रतियोगिता, कृति लोकार्पण तथा नयाँ वर्ष २०७० सालको शुभकामना आदानप्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि एवं साहित्यकार नारायणप्रसाद सुवेदीबाट ‘लालित्य’ को आठौं अंक लोकार्पण गरियो भने विश्व नारी साहित्य सम्मेलन राप्ती अञ्चल अध्यक्ष गायत्री घर्तीमगरबाट स्मृतिका पानाहरु गजलसंग्रह लोकार्पण भयो ।
गजलसंग्रह दिलकुमारी बुढामगरको पहिलो कृति हो भने लालित्य ललित साहित्य परिषद् रोल्पाको वार्षिक मुखापत्र हो । कार्यक्रममा लालित्यको समीक्षा प्रगतिशिल नेपाल केन्द्रीय सदस्य गौरीकिरण डाँगीले गर्नुभएको थियो भने गजलसंग्रहको समीक्षा साहित्यकार गोकर्ण पुनले गर्नुभयो । भने साहित्यकार दामु मर्सिफूलले समग्र कार्यक्रमको समीक्षा गर्नुभएको थियो ।
मुक्तक प्रतियोगितामा प्रथम भएका रविन्द्र सुनार
कार्यक्रममा लोककुमार श्रेष्ठ, ललित साहित्य परिषद् रोल्पाका संस्थापक अध्यक्ष डी.बी. टुहुरो, एकीकृत नेकपा माओवादीका हरिप्रसाद बुढामगर, नेपाली कांग्रेस रोल्पाको नेकपा माओवादीका सुन्दर वली, राप्रपा नेपाल रोल्पाका सहअध्यक्ष गोविन्द बलामी, जिल्ला विकास समिति रोल्पाका नायव सुव्वा दिपक डी.सी., विश्व नारी साहित्य सम्मेलन राप्ती अञ्चल समारोह समितिका अध्यक्ष गायत्री घर्तीमगर, प्रगतिशील लेखक संघ नेपाल रोल्पाका अध्यक्ष चन्द्र जिएम, नेपाल पत्रकार महासंघ, रोल्पाका अध्यक्ष मौसम रोकामगर, हरप्लेस रोल्पाका कार्यक्रम संयोजक खेमबहादुर बुढामगर, साहित्यकार बलबहादुर घर्तीमगर, सीता शर्मा, कृष्ण न्यौपाने, विमोचित गजलकृतिका गजलकार दिलकुमारी बुढामगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा मोहन सहयात्री, धनराज विक अविरल, दीपशिखा विष्ट, भावुक गाउँले, नारायण रेग्मी जिज्ञासु, दिलकुमारी बुढामगर, सिर्जना सेन, व्योम जी अवतार, सुन्दर पुरुष अनुराग लगायतले रचना वाचन गर्नुभएको छ ।
ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष ओम पंक्षीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परिषद्का महासचिव केवी विरहीले गर्नुभएको थियो भने स्वागत मन्तव्य कूल अवशेषले दिनुभएको थियो ।

खुल्ला मुक्तक प्रतियोगितामा 
यसैबीच आजै भएको खुल्ला मुक्तक प्रतियोगितामा जिल्लाभरका १५ जनाले भाग लिए । प्रथम रविन्द्र सुनार, द्वितीयमनप्रसाद पुन, तृतीय लोकेन्द्र सेन, सान्तवना इन्द्र प्रियसन ज्योति र कमला विधु मगर हुनुभयो । प्रतियोगितामा अमर यस्तैछ, तेजेन्द्र घर्तीमगर भावुक, दिनिसा घर्तीमगर, भीमा डी.सी., चमेली सौदामिनी,सफल समर्पण, पूर्ण बहादुर श्रेष्ठ, प्रभिम मितेरी मगर, हरिसरा घर्ती प्रतियोगितामा सहभागि थिएँ । गायत्री घर्तीमगर, कूल अवशेष र कविता उपाध्याय प्रतियोगिताको निर्णायकको रुपमा रहनुभएको थियो ।

पुस्तक हस्तान्तरण 
हरप्लेसले प्रकाशन गरेका पुस्तकहरु हस्तान्तरण गर्दै 
यसैबीच कार्यक्रममा हरप्लेसले मानवअधिकार सम्बन्धी पुस्तकहरु वाचनालयलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा हरप्लेस रोल्पाका कार्यक्रम संयोजक खेमबहादुर बुढाले जलजला साझा पुस्तकालयका उपाध्यक्ष डी.बी. टुहुरोलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गर्दै खेमबहादुर बुढाले हरप्लेस प्रकाशन गरेका मानवअधिकार सम्बन्धी पुस्तकहरु भएकोले यसले वाचनालयमा पुग्ने पाठकहरुलाई उपयो
गी हुने बताउनुभयो । हस्तान्तरण गरिएका पुस्तकहरुमा मानवअधिकार तथा शान्ति शिक्षामाला भाग १ एक थान, मानवअधिकार तथा शान्ति शिक्षामाला भाग १ दुई थान, शान्ति आवाज १५ थान, अधिकार र शान्त् िशिक्षाका लागि स्थानीय
पहल वृत्तचित्र १ थान, सक्सेस स्टोरिज एक थान, स्माल स्टेप्स विग स्ट्राइड्स एक थान रहेको हरप्लेस रोल्पाले जनाएको छ ।


0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal