‘‘अहिलेको समयमा सर्जकहरु सचेत हुन जुरुरी छ ।’’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको डाँगीले भन्नुभयो, ‘‘त्यसैले सिर्जनाहरु समाज परिवर्तन गर्ने खालका हुनुपर्छ । लेखक सचेत भएर सिर्जना गर्नुपर्छ ।’’

(विमोचन कार्यक्रममा सहभागिहरुको समुहिक फोटो)
कार्यक्रममा बोल्दै नेपाली लेखक संघ रोल्पाका अध्यक्ष दामु मर्सिफुलले अग्रजहरुको सल्लाह लिएर कृति प्रकाशन गर्न लेखकहरुलाई आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष ओम पन्छीले ६० को दशकपछि रोल्पामा कृति प्रकाशनमा बाढी आएकोमा खुशी व्यक्त गर्दै स्तरीय सिर्जनामा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा जलजला साहित्य परिषद् रोल्पाका अध्यष दीपेश पराइ विष्टले समेत मन्तव्य दिनुभएको थियो ।

(‘अङ्कुराए पल्लवी’ गजलसङ्ग्रहको विमोचन गर्नुहुँदै नेपाली लेखक संघ, रोल्पाका अध्यक्ष दामु मर्सिफुल)
कार्यक्रममा तीन वटा गजलसङ्ग्रहहरुको विमोचन गरिएको थियो । रोल्पा
उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रममा चाँदनी केसीको ‘उद्दीप्त
मन’ गजलसंग्रहको विमोचन गौरीकिरण डाँगीले गर्नुभयो । त्यस्तै विराज
पुनमगरको ‘तिमी मात्र तिमी’ गजलसंग्रहको विमोचन ओम पन्छीले गर्नुभएको थियो
भने डी. बी. मगर स्वेद, प्रशान्त मगर, गायत्री रोकामगर र निर्दोष माकुरोको
संयुक्त गजलसंग्रह ‘अंकुराए पल्लवी’को विमोचन दामु मर्सिफूलले गर्नुभएको
थियो । त्यस्तै ‘तिमी मात्र तिमी’को समीक्षा केवी विरही, ‘अङ्कुराए
पल्लवी’को समीक्षा ओम पन्छी र ‘उद्दीप्त मन’को समीक्षा दामु मर्सिफुलले
गर्नुभएको थियो ।

(‘तिमी मात्र तिमी’ गजलसङ्ग्रहको विमोचन गर्नुहुँदै ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष ओम पन्छी)
कार्यक्रममा चाहना शर्मा, अमर जिएम अर्पण, नारायण रेग्मी जिज्ञासु, सुकम
मगर, सिर्जना सेन, प्रशान्त मगर, गायत्री रोकामगर लगायतले गजल वाचन
गर्नुभएको थियो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष डी.बी. टुहुरोको
अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव खेमराज गाउँलेले गर्नुभएको
थियो ।

(‘उद्दीप्त मन’ गजलसङ्ग्रहको विमोचन गर्नुहुँदै प्रगतिशिल लेखक संघ नेपालका केन्द्रीय सदस्य गौरीकिरण डाँगी)
0 प्रतिक्रिया:
Post a Comment
Khemraj Gaunle / Khumel, Rolpa, Nepal