Breaking News
Loading...

Info Post
पुरस्कार तथा सम्मानले स्रष्टालाई अझ सिर्जनशिल बनाउँछ । रोल्पा जिल्लामा ललित साहित्यको जन्म पश्चात नै विभिन्न पुरस्कारहरु स्थापना भएका छन् । विभिन्न पुरस्कारहरूद्वारा पुरस्कृत गरी स्रष्टाहरूलाई सम्मान गर्दै जिल्लाको साहित्यिक विकास गर्न ऊर्जा प्रदान गर्ने उद्देश्यले विभिन्न साहित्यिक पुरस्कारहरू स्थापना भएका हुन् । २०६१ सालमा स्थापित ‘दियो नवप्रतिभा पुरस्कार’देखि ‘सरुपाचित्र नारी प्रतिभा पुरस्कार’सम्म आइपुग्दा जिल्लामा ८ वटा पुरस्कारहरु स्थापना भइसकेका छन् ।
साहित्यकार डी.वी टुहुरो, इन्द्र यात्री र ओम पंछीद्वारा स्थापित ‘दियो नवप्रतिभा पुरस्कार’ रोल्पाको पहिलो साहित्यिक पुरस्कार हो । वि.सं. २०६१ सालको मोती जयन्तीबाट ललित साहित्य परिषद्मार्फत वितरण गर्न थालिएको उक्त पुरस्कार वर्षको कान्छो कृतिकारलाई प्रदान गरिन्छ । यसको राशी १००० र प्रमाणपत्र रहेको छ ।

साहित्यकार दामु मुर्सिफल र कविता उपाध्यायद्वारा स्थापित ‘खोबिलाल हुकुमादेवी प्रतिभा पुरस्कार’ २०६२ सालको भानुजयन्तीबाट वितरण गर्न थालिएको हो । यो पुरस्कार साहित्य र संगीतको क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिन्छ । पुरस्कार राशी  एक हजार र प्रमाणपत्र रहेको छ ।

‘इन्द्र यात्री स्मृति पुरस्कार’(२०६४) साहित्यकार स्वर्गीय इन्द्र यात्रीको सम्झनामा स्थापित गरिएको पुरस्कार हो । इन्द्र यात्री स्मृति प्रतिष्ठानद्वारा संचालित उक्त पुरस्कार वार्षिक परीक्षामा गैरीगाउँ गा.वि.स.बाट प्रा.वि. स्तरमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्रछात्राहरूलाई प्रदान गरिन्छ ।

‘मिलन स्मृति पुरस्कार’(२०६४) स्वर्गीय मिलन उपहार पुनको सम्झनामा साहित्यकार कृष्ण निर्जन डि.सी.द्वारा स्थापित पुरस्कार हो । यो पुरस्कार गजल विधामा कलम चलाउने स्रष्टालाई मोती जयन्तीको अवसरमा प्रदान गरिन्छ । पुरस्कारको राशी १ हजार र प्रमाण पत्र रहेको छ ।

वि.सं. २०६५ मा स्थापित खडानन्द सुवेदी स्मृति प्रतिष्ठान रोल्पाले प्रत्येक २ वर्ष प्रदान गर्ने ‘खडानन्द स्मृति पुरस्कार’ एक महत्वपूर्ण पुरस्कार हो । साहित्यकार नारायणप्रसाद सुवेदीद्वारा आफ्ना स्वर्गीय पिता खडानन्द सुवेदीको नाममा स्थापित यो पुरस्कार साहित्य र राजनीति गरी दुई विधामा प्रदान गरिन्छ । पुरस्कारको राशी ५÷५ हजार र प्रमाण पत्र रहेको छ ।

रोल्पा लिबाङमा जन्मी हाल दाङमा स्थायी बसोबास गर्दै आउनुभएका अग्रज साहित्यकार नगेन्द्र गुरुद्वारा स्थापित ‘देवकी दामोदर प्रतिभा पुरस्कार’(२०६५) पछिल्लो साहित्यिक पुरस्कार हो । उक्त पुरस्कार प्रत्येक वर्ष बालकविता प्रतियोगिता संचालन गरी राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाले प्रदान गर्दै आएको छ । एकमुष्ट १ हजार र प्रमाणपत्र ।

युवा साहित्यकार दीपेश पराइ विष्टद्वारा २०६७ मा स्थापित ‘सेती विष्ट साहित्य पुरस्कार’ स्थापना गर्नुभएको छ । २०६८ सालको भानु जयन्तीबाट ‘जलजला साहित्य परिषद्’मार्फत यो पुरस्कार दिन थालिएको छ । यस पुरस्कारको राशी एक हजार र प्रमाणपत्र रहेको छ ।

भाबाङ–३, रोल्पाकी साहित्यकार गीता निर्दोषीद्वारा २०६८ सालमा स्थापित ‘सरुपाचित्र नारी प्रतिभा पुरस्कार’ स्थापना गरिएको छ । जिल्लामा रहेर कलम चलाउने एक उत्कृष्ट नारी प्रतिभालाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । यो पुरस्कार राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पामामार्फत ‘भानु जयन्ती’को अवसरमा २०६८ सालबाट प्रदान गर्न थालिएको हो । १ हजार र प्रमाण पत्र ।
खेमराज गाउँले/रोल्पा

2 प्रतिक्रिया:

Khemraj Gaunle / Khumel, Rolpa, Nepal