Breaking News
Loading...

Info Post
मनले चाहेर नी तिम्रो हुन सकिनँ म
कसम खाएर नी तिम्रो हुन सकिनँ म ।

प्रेम पाएँ विश्वास पनि पाएँ तिमीबाटै,
सारा खुसी पाएर नी तिम्रो हुन सकिनँ म ।

भनेको थें जुनी जुनी हुन्छु तिमीसंगै,
मन्दिर धाएर नी तिम्रो हुन सकिनँ म ।

वाध्यता र विवशताहरु नसोचेकै हुदाँ रै'छन्,
चोखो पि्रत लाएर नी तिम्रो हुन सकिनँ म ।

पछ्याउँदा थाकिसकें तिमीलाई पाउँछु भनी,
पछिपछि आएर नी तिम्रो हुन सकिनँ म ।

खेमराज गाउँले/खुमेल रोल्पा

1 प्रतिक्रिया:

  1. आहा कती सुन्दर गजल सर।

    ReplyDelete
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Khemraj Gaunle / Khumel, Rolpa, Nepal