Breaking News
Loading...

Info Post
जलजला, सुनछहरी हेर्न आउनु रोल्पातिर
मलाई न्यानो अंगालोमा बेर्न आउनु रोल्पातिर ।

स्वर्गद्वारी प्रभूको जन्मभूमि, थुप्रै कला संकृति,
ज्ञान गुणका कुराहरु खेर्न आउनु रोल्पातिर ।

अन्नपानी सकिदाखेरी, भोकमरीले सताउँदा,
समाधानको बाटो खोजी खोजी घेर्न आउनू रोल्पातिर ।

टुहुरोको साथमा पन्छीसरी उडौला मर्सिफूल झै,
गजलका सेरहरु खेर्न आउनु रोल्पातिर ।

शिव गुफा रुन्टी अनि घुमाइदिन्छु थवाङबस्ती,
गाउँलेसंग हिड्ने धोको फेर्न आउनु रोल्पातिर ।
खेमराज गाउँले
२०६६ पुस २०

2 प्रतिक्रिया:

  1. राम्रो गजल छ! दोश्रो शेर अलि जटिल बन्न पुगेको छ लयका हिसाबले।

    फेसबुक हुँदै तपाईँको ब्लगसम्म आईपुग्न पाउँदा खुशी लाग्यो। अझै सफलताको शुभकामना छ तपाईँलाई।

    ReplyDelete
  2. Nice Khemraj g. Try to make it worldwide more gajal.
    Paresh Jogi
    Ktm.

    ReplyDelete

Khemraj Gaunle / Khumel, Rolpa, Nepal