Breaking News
Loading...

Info Post

संझना उही
पीडाको खातैखात
विरानो बस्ती ।


आँसुको साथ

सिरानी पो भिजेछ
अधेंरी रात ।


लुछाचुडि भोन
जित न हार भो
सत्ताको खेल ।


यो गर्छु र ऊ
थरिथरि सपना
नेपाल उही ।


बाँदर मान्छे
के बनाउथ्यो घर
मान्छे बादर ।

उस्तै उस्तै छन्
गाउ वस्तीका व्यथा
देखेनन् कोही ।

विकासे कुरा
विश्वासमा खडेरी
हुन्छ अधुरो ।

निर्दोषी दोषी
सत्यता यही नै हो
दोषी निर्दोषी ।

पूर्वका मान्छे
सुदुरका कुराले
बेहाल भयो ।

१०
लाग्ला कहिले
हाम्रा नेताहरुको
घैटामा घाम ।

कृपया ब्लकमा प्रकाशित कुनै पनि रचनालाई तपाईले प्रकाशित तथा प्रशारित गर्न सक्नुहुनेछ । तर gaunleman@yahoo.comमा जानकारी गराउन नभूल्नु होला ।  
खेमराज गाउँले/खुमेल रोल्पा 

1 प्रतिक्रिया:

  1. Achaar jasto chatkilo, maha jastai guliyo. Gaaunle man ko pavitrata bokeko. Pyaro Gaunle-Man, yatra nirantar jari rahos, Abishraam- Abiral. Badhai.
    (Koshis gareko, nepalima lekhnai sakiyena)
    Subodh.

    ReplyDelete

Khemraj Gaunle / Khumel, Rolpa, Nepal