ए बैनी, काउली कसरी हो ? यता ल्याउनुस् त म राख्छु ।' टाढैबाट पसले चिच्याए ।
लिबाङबजारमा भर्खरै घाम पस्दै थियो । तरकारी बोकेकी दिदी आइन् । पसको छेवैमा तरकारी भारी बिसाइन् । भनिन्, '६० रुप्या किलो हो । राख्नुस् ।'
'१ किलो राख्ने ता हो । ए, बूढी पैसा ले त ।' पसले भित्रतिर हेर्दै पसले बोले ।
ती दिदीले तराजु झिकिन् । दुबैतिरबाट काउली राखिन् । जोख्दै गर्दा पसल्नी ५० रुपैया नोट हातमा लिएर बाहिर निक्लिन् । भनिन्, '५० रुपैया किलो देऊ है बैनी ?'
दिदी तयार भइनिन् ५० मा दिन । बूढाले ६० भए पनि राख्ने भने । पसल्नीले ५० मा नदिए नराख्ने अडान राखिन् ।
त्यतिकैमा काउली र तराजु डोकोमा राख्दै उठिन् र भनिन्, ' नराख्ने भए भैगो त । तर जाबो १ किलो काउलीको बारेमा बूढाबूढीको झगडा नहोस् है ?' उनी आफ्नो बाटो लागिन् । किनकि जसरी पनि काउली बेचिसक्नुछ ।
०००
(२०७२ कात्तिक ८ गते, लिबाङ)
0 प्रतिक्रिया:
Post a Comment
Khemraj Gaunle / Khumel, Rolpa, Nepal