Breaking News
Loading...

Info Post
  • खेमराज गाउँले
आउन त म सरासर आएको हुँ ।
अलि ढिला भो भर्खर आएको हुँ ।

तिमी यतै छौं भन्ने थाहा पाएँ,
बोलाएनौ बेखबर आएको हुँ ।

कुकुर छ रे घरमा भन्ने सुनेर,
लिई लठ्ठीको भर आएको हुँ ।

बुवाआमा साथैमा पो छन् कि,
कुरा खेलाउँदै डरैडर आएको हुँ ।

कहिलेकाही मनमा आएको कुरा यसरी लेखिन्छ ।

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal