Breaking News
Loading...

Info Post
बगैंचामा
फूल फुलेको छ
उसको आफ्नै संसार छ
पुतली आउँछ चुम्छ
पुतली फूलसँग रमाउँछ

मैले
फूल देख्छु
पुतली देख्छु

अनि
रमाउँछु बगैंचामा
फूलसँग
पुलतीसँग

तर
फूल मसँग रमाउँदै
अहँ रमाउँदैन पुतली मसँग
बगैंचामा । 

- Khemraj Gaunle
२०७१ साउन