Breaking News
Loading...

Info Post
खेमराज गाउँले/रोल्पा
माघ १ रोल्पा । उभेली ऋतु सुरु भएसँगै मादल बाजा बन्द गरिएको छ । मगर भाषा तथा संकृतिविद् बमकुमारी बुढामगरले हिजो माघ १ गते लिबाङमा आयोजित एक औपचारिक कार्यक्रममा मादल बजाएर औपचारिक रुपमा गाउँने, बजाउने र मनोरञ्जन गर्ने काम बन्द गरिएको घोषणा गर्नुभयो । 

‘मगरलगायत आदिवासी/जनजातिहरु उधेली ऋतु अर्थात् साउनदेखि पुस मसान्तसम्म मादल बाजासँग विभिन्न गीतहरु गाएर नाच्ने नाच्छन् ।’ उहाँले भन्नुभयो, ‘पुस मसान्तमै मादल बाजासँग नाचिने सिंगारु, भैलो, बाइसख्वाली, बाइसझुमारा फुक्किएको छ । जुन आज मैले औपचारिक रुपमा फुकाइदिए ।’

बाजा बन्द गर्नुको कारण पनि उहाँले बताउनुभयो । ‘फागुन चैतमा भ्यागुताहरु जमिन बाहिर निक्लन्छन् । खोलाखालीमा कराउँछन्, फुल पार्छन् । यतिबेला उफ्रियौं, करायौं भने भ्यागुताको मुटु थर्किन्छ ।’ उहाँले भन्नुभयो ‘यसो हामीलाई पाप लाग्छ । त्यसैले यो समयमा गाउने, बजाउने नाच्ने गर्नुहुँदैन ।’ आदिवासी जनजातिहरु प्रकृति पुजक भएको उहाँको भनाई थियो ।

उहाँका अनुसार पुस १ गते औपचारिक रुपमा बन्द गरिए पनि विशेष परिस्थितिमा भने बजाउने गरिन्छ । ‘सांकेतिक रुपमा बाजा बन्द गरिएको हो । भैपरी आउने जस्तै दुःखका बेला भने यो बाजा बजाइन्छ ।’ उहाँले भन्नुभयो, ‘तर समय परिवर्तन भयो । पेसेवार कलाकारहरुले त बजाउने गरेका छन् ।’ दश वर्षे सशस्त्र द्वन्द्वले गर्दा आदिवासी जनजातिका संस्कार, संकृतिहरु विचलनमा परेका उहाँको भनाइ छ ।

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal