Breaking News
Loading...

Info Post

बालुवा बोक्ने ट्याक्टर यिनले नै हो बाइक बोक्ने




तपाई माडिखोला भएर 'बाइक'मा लिबाङ आउँदै हुनुहुन्छ । या तपाईलाई सदरमुकाम लिबाङबाट माडिखोला हुँदै पश्‍चिम रोल्पातिरको यात्रामा हुनुहुन्छ । माडीखोलामा पुल छैन भनेर चिन्ता मान्नुपर्दैन । तपाईले खोलामा ''पाँच सय'' बगाउनुभयो भने पुग्यो । यसको मतलब खोलामा रहेका ट्याक्टरहरुमा आफ्नो बाइक चढाउनुहोस् र बाइकलाई खोलापार गराउनुहोस् । यसवापत तपाईले ५ सय रुपैया मात्र खर्च गर्नुपर्छ ।

__तर २०७० कात्तिक १६ गते यही माडीखोलामा ट्याक्‍टर नै फसेछ । फसेको ट्याक्टरलाई अर्को ट्याक्टरले नै धकेलेर निकाल्ने प्रयास गर्दै थियो । 


__स्मरण रहोस् यही खोलामा पुल बन्दैछ । २ पटक उद्‍घाटन भइसकेको पुलको एउटा पिलर मात्रै उभिकएको छ । अहिले काम बन्द छ । पुल कहिले बन्ने हो टु‌ङ्गो छैन ।
निर्माणाधीन माडी पुल
माडीमा पसेको ट्याक्टर फसेपछि
फसेको ट्याक्टर निकाल्न माडीमा पसेको ट्याक्टर
बालुवा बोक्ने ट्याक्टर यिनले नै हो बाइक बोक्ने

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal