Breaking News
Loading...

Info Post
मंसिर ४, खुमेल । संविधान सभा निर्वाचन २०७० मा यसपालि प्रत्यक्ष सहभागी भएँ । रोल्पा क्षेत्र नं. १ अन्तर्गत खुमेल गाविसमा २ वटा मतदान केन्द्र रहेको थियो । खेवासे र गाविस भवन गरी २ वटा मतदान केन्द्र रहेको थियो । मेरो मतदान केन्द्र गाविस भवनमा थियो । मतदान केन्द्र राष्टिय मावि खुमेलमा थियो ।

दिनभर यसै केन्द्रमा रहें । फोटो खिच्न दिइएन । बाहिरबाटै फोटो खिचें ।

बिहान साढे १० बजेतिर उम्मेदवार कृष्णबहादुर महरा मतदान केन्द्रमा आए भने दिउँसो साढे १ बजेतिर अर्काे उम्मेदवार लेखनाथ आचार्य मतदान केन्द्रमा देखिए । अवस्था शान्तिपूर्ण रह्यो ।

मतदान केन्द्र बाहिरको अवस्थालाई जस्ताको तस्तै फोटोमा राखेको छु ।



















0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal