Breaking News
Loading...

Info Post
सहभागितामा गरिने विकासको अवधारणा अनुरुप आर्थिक, भौतिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा विकास गरी २१ औ शताब्दीलाई स्वागत गर्न सक्षम समाज निर्माण गर्न राष्ट्रिय र अन्र्तराष्ट्रिय अनुभवहरुलाई संस्थागत गर्दै हरेक क्षेत्र, भूगोल, जातजाति, धर्मसम्प्रदायको सम्मान गर्दै अगाडि बढ्दै पर्यटन वर्ष २०११ लाई नेपालमा पनि भव्य र सभ्य तरीकाले मनाउन विभिन्न कार्यक्रम गर्ने नीति तय भए अनुसार यस जिल्लामा पनि पर्यटनका विविध गतिविधिलाई सञ्चालन गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयन गर्न सबै सरोकारवाला निकाय र आम नागरीक समाजको महत्वपूर्ण भूमिका हुने कुरा स्पष्ट छ । यसै सन्र्दभमा पर्यटन वर्षको अवसर पारी विभिन्न क्रियाकलापहरु गरी रोल्पामा पर्यटन व्यवसायलाई व्यवसायीकरण गर्न आवश्यक देखिन्छ ।









 सुन्दर रोल्पा, समृद्ध रोल्पा, पौरखी जनताको गतिशील रोल्पा ।

परिवर्तित नयाँ नेपाललाई संस्थागत गर्न राज्यले लिएको हरेक क्षेत्रको समावेशी र जनताको प्रत्यक्ष

लक्ष्य ः–
रोल्पाका ५१ वटै गाविसमा पर्यटन ब्यवसाय सञ्चालन तथा व्यवस्थापन साथै पर्यटन प्याकेज निर्माण ।

उद्देश्य ः–
जलजला(थबाङ), सुनछहरी(स्यूरी), चर्तुभुज(खुंग्री), स्र्वगद्वारी(प्युठान), रुन्टी(होलेरी), शिवगुफा(जुगार), घर्तिगाउँ, सुखाओडार(जिनाबाङ), ओत घोर्नेटी, भाबाङ, राँक रातामाटा, थबाङ, जेल्बाङ लगायतका स्थानलाई पर्यटकीय स्थल घोषणा गरी वार्षिक (जिल्ला परिषद्) कार्यक्रम तय गरी तत्कालीन, अल्पकालीन र दिर्घकालीन योजना तय गरी कार्यान्वयन गर्ने ।
रणनीति जिल्ला पर्यटन समन्वय समितिको मातहतमा रहने गरी पर्यटनसँग प्रत्यक्ष तथा परोक्ष रुपमा सम्बन्धित सबै सरोकारवाला रहेको समिति गठन गरी आवश्यकता अनुसार उपसमिति गठन गरी जिल्ला, क्षेत्र, गाविस र वडा समेत पर्यटन गतिबिधिमा समेट्ने ।

रोल्पा पर्यटनका मूख्य आधार ः–
—    भौगोलिक (प्राकृतिक) पर्यटन
—    युद्ध पर्यटन
—  धार्मिक तथा सांस्कृतिक पर्यटन
  —  राजनीति पर्यटन
  —  पर्यटन वर्ष २०११

हालसम्मका उपलब्धि ः–
—    जिल्ला पर्यटन समितिको गठन
—    जिल्ला पर्यटन समन्वय समितिको गठन
—    पर्यटन सम्बन्धि हाते पुस्तिका (ब्रोसर) निर्माण
—    पर्यटन वर्ष २०११ को राष्ट्रिय गोष्ठीमा जिल्लामा उत्पादित वस्तुसहित सहभागिता
—    पर्यटन सम्बन्धि कार्य गर्ने तिन वटा गैर सरकारी संस्थाको गठन
—    बिभिन्न सन्दर्भमा जिल्ला, क्षेत्र र गा.वि.स. स्तरमा महोत्सवहरु सम्पन्न
—    रोल्पाका सात स्थानमा स्थानीय पर्यटन समिति गठन
—    शिवगुफा दार्शनिक केन्द्र जुगारको भिडियो डकुमेन्ट्रि निर्माण तथा   प्रदर्शन

रोल्पा पर्यटन तत्कालिन कार्ययोजना ः–
—    रणनैतिक रुपमा जिल्ला पर्यटन समन्वय समिति बिस्तार
—    बिषयगत उपसमिति गठन
—    जिल्लामा रहेका गेष्ट हाउस,लज र होटेलहरुको संख्या एकिन गरी स्तर निर्धारण गर्ने
—    कुक, गाइड, पोटर (कुल्ली), यातायातका साधन, खानाको किसिम , स्पटको दुरी (रुट) र दर लगायतका पूर्वाधार दक्ष जनशक्ति निर्धारण
—    स्पट निर्धारण तथा बिदेशी तथा स्वदेशी पर्यटकहरुका लागि भ्रमण प्याकेज निर्धारण (५ दिन देखि १२ दिन सम्मको प्याकेज ।
—    रोल्पा पर्यटन र स्पटको वेव साईट तथा कार्यालय सञ्चालन
—    निर्धारीत स्पटमा खानेपानी (अस्थायी ट्वाइलेट), टेन्ट राख्ने स्थान होटेलहरु, स्वास्थ्यकर्मी, सुरक्षानिकाय तथा अन्य सरकारी अंगका निकायहरु, पर्यटकहरुलाई स्थानीय कला संस्कृति, साहित्य, गीतसंगीत र आफ्नोपन झल्किने झाँकी, स्वागत समूह तथा तथा दृश्यावलोकनका क्षेत्रहरु निर्धारण ।
—    रोल्पा पर्यटन सम्बन्धि व्यापक प्रचार प्रसार
—    दशै–तिहार (२०६८) को बीचमा आन्तरिक तथा बाह्य पर्यटक गरी कम्तिमा २०० को संख्यामा पर्यटक भित्र्याउने

रोल्पा पर्यटन अल्पकालिन कार्ययोजनाः–
—    रोल्पाका पर्यटकीय स्थलहरुको पहिचान तथा सम्भाब्यता अध्ययन गर्ने
—    जिल्ला विकास समिति, शैक्षिक, स्वास्थ्य, सुरक्षा, खानेपानी, सडक–  यातायात, बिद्युत, दुरसञ्चार लगायतका सरकारी तथा पत्रकार, स्थानीय गैसस, संगितकर्मी, साहित्यकार, आमा समूह, राजनीतिकर्मी, गा.वि.स. र नागरिक समाजका अगुवाहरुमा पर्यटनमैत्री अबधारणा बिकसित गर्ने
—    हरेक गाउ परिषदबाट केही रकम स्थानीय पर्यटन विकास शिर्षकमा विनियोजन गर्ने, जिल्लामा क्रियाशिल विभिन्न क्षेत्रमा काम गर्ने स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैससहरुले केही रकम पर्यटन बिस्तारमा लगानी गर्नुपर्ने बातावरण मिलाउने
—    राजनीतिक दलहरुमा पर्यटन सम्बन्धि सम्पर्क ब्यक्ति तोक्ने ब्यवस्था गर्ने
—  
रोल्पा पर्यटनबारे दीर्घकालिन कार्ययोजनाः–
—    माथि भनिएका जलजला, सुनछहरी, शिबगुफा, रुन्टी गुनाम, घोर्नेटी, थबाङ, चर्तुभुज लगायतका स्थानलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न जिल्लाका मन्त्री, सभाषद र सरोकारवाला व्यक्ति र निकायसँग समन्वय गरी गुरुयोजना तयार पारी सम्बन्धित मन्त्रालय र विभागमा प्रस्तावना तयार पारी पेश गर्ने
—    पर्यटन सम्बन्धि कार्य गर्ने छिमेकी जिल्ला र अञ्चलसँग सम्बन्ध बिस्तार गर्ने ।
—    सर्बदलिय सर्बपक्षीय सहमतिको आधारमा जिल्लाका  सम्भावित कुनै एक स्थललाई नमुना पर्यटकीय स्थल घोषणा गर्ने
—    पर्यटन सम्बन्धि उदाहरणीय कार्य गर्ने कुनै ब्यक्तित्व, संस्था वा कार्यालयलाई हरेक वर्ष सम्मानित गर्ने ब्यबस्था मिलाउने
—    पर्यटन महोत्सव स्थानीय स्तरमा सम्पन्न गर्न आयोजना गर्ने समुह वा संस्थालाई प्रोत्साहित गर्ने

स्थानीय स्तरमा गठन स्वतस्र्फूत गठन भएका पर्यटन समितिको विवरणः–
१. श्री भेक बहादुर रोका(उवा)    संयोजक    ०८२–६९४६६४
२. श्री ऋषिराम श्रेष्ठ(होलेरी)       संयोजक   ९७४८५०५२४७
३. श्री विजय कुमार घर्ति(घर्तिगाउँ)  संयोजक       ०८६–६८०२५६
४. श्री रत्न बहादुर डाँगी (भाबाङ)    संयोजक    ९७४११२५३६९
५. श्री हित प्रसाद रोका(थबाङ)      संयोजक    ९८४७९२१५५२
६. श्री देउसिङ घर्ती (गाम÷पोबाङ)   संयोजक    ९७४८५४०१६८
७. श्री तारा प्रसाद खड्का(जुगार)      संयोजक    ९७४८५१९५९९
गठनको तयारीमा रहेका स्थानहरु बुढागाँउ, जिनाबाङ, पाखापानी, राँक, तालाबाङ, ईरिबाङ, जेल्बाङ, खुंग्री र मसिना

स्थानीय पर्यटन समिति गठनका आधारहरु ः–
१.     उवा – मगर संस्कृति,रुटको सहजता, दुर्गम ठाउँलाई प्राथमिकता
२.      होलेरी – स्वर्गद्धारी, रुन्टी गुनाम, गढी लेक र यातायात सुबिधा, ५६ जिल्ला र भारत समेत देखिने भनिएको ।
३.     घर्तिगाउ – प्रस्तावित प्याकेज रुटको केन्द्रबिन्दु, अन्य गा.वि.स. जानलाई आवास भोजनको सहजता
४.     भाबाङ – घर्तिगाउसम्म यातायातको सहजता, डाँडाकाडाँ दृश्यावलोकन, द्वन्द्वकालमा १३ जना कलाकारहरुको सामुहिक सहादत स्थल
५.     थबाङ –जलजलाको नजिक, राजनितिक रुपले  एैतिहासिक ।
६.     गाम÷पोवाङ – पोवाङसम्म यातायात, रोल्पाको दुर्गम गाविस भएकोले प्राथमिकता
मगरबस्तीको बाहुल्यता ।
७.     जुगार – शिवगुफा, नुवागाउँ हँुदै रुन्टी गुनाम होलेरी स्वर्गद्वारी जान सहज, यातायात, दाङ, सल्यान, नजिक ।

रोल्पा सदरमुकाम लिबाङमा उपलब्ध होटेल विवरण ः–
क्र.स.     होटेलको नाम      ठेगाना     प्रोपाइटर     सम्पर्क नम्बर     
१.      सम्झना    शिबालय     डम्बर बहादुर   कुमाल    ९८४७८४८८५०    
२.     .एभरेष्ट      लिबाङ ६     इश्वर के.सी.     ९८४७८६४१५६     
३.    स्मारीका     लिबाङ ५ बिचबजार     शेर बहादुर बुढा    ०८६–४४०२१४     
४.     संगम भट्ट     लिबाङ ६ टुडिखेल    गेहराज भट्ट     ९७४८५००१८१     
५.     जि.एम.गेष्ट हाउस     लिबाङ ५ सात्तालेडाँडा     तुल बहादुर घर्ति     ०८६–४४०२६७     
६.     सुर्खेति लालीगुरास     लिबाङ ६ खाद्यटोल    प्रेम ब. तारामी मगर     ०८६–४४०२२७     
७.     मनकामना     लिबाङ ६ शिवालय    रोज बहादुर बानिया     ०८६–४४०१३१    
   ८    मोनीका    लिबाङ ५    पार्वती पुन    ०८६–४४००६९    
९    शिबशक्ति    लिबाङ ५    देब ब.डाँगी    ०८६–४४०१६८    
१०    माडिखोला पाहुनाघर    लिबाङ ५    गज बहादुर पुन    ९७४८५००१९४    
११     दिलिप होटल    लिबाङ६    पुर्णिमयारोका    ९८४७८२३६८९    
१२    हिमाल होटेल    लिबाङ६    हिमाल डि.सी    .०८६–४४००१७    
१३    गैरिगाउले मिना    लिबाङ ६    मान बहादुर डाँगी    ९७४८५४५१४६    
१४    ह्वामाली गेष्ट हाउस    लिबाङ ६              
१५    सुनछहरी गेष्टहाउस    लिबाङ ६    किसन ब. बुढाथोकी    ९८४७९३५०७८    
१६    मनिषा होटेल    लिबाङ५     नविना
  रोका मगर    ०८२–६९४४५९    
१७    स्र्वर्गद्धारी होटेल    लिबाङ ६    तिल ब.पुन    ९८४७८६६७०७    
१८.    त्रिबेणि    लिबाङ ५    मोहन के.सी    ०८६–४४०१०६    
१९    पाखापानी     लिबाङ ५    तुलसी डाँगी    ९८४७८७१३०८    
२०    सिद्धार्थ    लिबाङ ५    हरि ब. घति    ०८६–६८००५६    
२१    सिर्जना    लिबाङ ६    बिर्सना घर्ति    ९७४८५०५०४६    
२२    राङकोटी मोनीका    लिबाङ ५    भानसिङ रोका    ०८२–६९३५३२    
२३    सहारा    लिबाङ ५    गौमाया के.सी    .९७४८५२९२३६    
२४    प्रगति    लिबाङ ५    पसरराम खड्का    ९८४७८५०५७९    
२५    हिमाली    लिबाङ ६    हिमा बुढा    ०८६–४४००७२    
२६    सारीकोटे     लिबाङ ६     थमन खड्का    –    
२७    गैरिगाउले शर्मिला    लिबाङ ६    गोकर्ण डाँगी    ९७४८५१९७३५    
२८    भेटघाट होटेल एण्ड रेष्टुरेन्ट    लिबाङ ६    लोक कहादुर के.सी.    .०८६–४४०२२०    


लिबाङमा उपलब्ध होटेलका कोठाहरुको विवरण ः–
होटेलको नाम   एटेज रुम  सिङ्गल रुम  डबल रुम     कमन रुम
सम्झना         २         ४           २              ३
संगम भट्ट         ३         २            ५             ३
एभरेष्ट           २         २            २             २
दिलिप होटल      ०         २            १             ३
हिमाल होटेल      ०         ५           ४             २
सुर्खेती लालीगुरास  ३         २(स्ट्यान्डर)  २              ४

लिबाङ बजारमा उपलब्ध सबै होटेलहरुमा  आवास र भोजनको व्यवस्था छ ।


पर्यटक बुकिङको व्यवस्था
    जिल्ला पर्यटन समन्वय समितिको मातहतमा सञ्चालित कार्यालयले सञ्चालन गर्ने “रोल्पा पर्यटन” वेवसाईटको आधारमा सम्पर्क गर्ने, आन्तरीक तथा बाह्य पर्यटकको टे«किङको सबै प्याकेजको सबै व्यबस्थापन जिल्लाबाट हुनेछ ।
    उक्त कार्यको लागि स्पट रहेको स्थानको पर्यटन समिति उत्तरदायी हुनुपर्ने देखिन्छ ।
    ट्रकिङ प्याकेज सम्बन्धि आवश्यक जनशक्ति तत्काल व्यवस्था गरीनुपर्ने देखिन्छ ।
  
रोल्पा जस्तो जनजातिको बाहुल्यता एवं भाषा, जातजाति र संस्कृति भएको जिल्लामा जनजाति भेषभूषाहरुको विविधता, कला, संस्कृति र प्रसिद्ध जलजला लगायतका धार्मिक स्थल, रमणिय डाडाँकाडा, विविध खालको हावापानी, १० वर्षे युद्धको उद्गम स्थल, विख्यात स्वर्गद्वारी, यातायात र सञ्चारको सहजता लगायतका सम्भावना बोकेको  राप्ती अञ्चलको केन्द्र बिन्दुमा रहेको संविधानसभामा दर्जन बढी सभाषद्को उपस्थिति रहेको रोल्पामा सर्बदलीय, सर्बपक्षीय र सरोकारवालाहरुको पहल र प्रयास निरन्तर रही रह्यो भने पर्यटन बर्ष २०११ सफल हुनुका साथै दिर्घकालीन रुपमा पर्यटकीय गन्तव्य बन्न सक्छ भन्नेमा हामी आशावादी छौं।




0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal