Breaking News
Loading...

Info Post
पर्यटन विकासका लागि रोल्पामा गुरूयोजना निर्माण
पर्यटनको प्रचार प्रचारका लागि वेवसाइटको निर्माण आवश्यक
खेमराज गाउँले
रोल्पा, ८ भदौ । जिल्लाको पर्यटन विकासमा रोल्पाका सरोकारवालाहरू सक्रिय हुन थालेका छन् । मंगलबार र बुधबार गरी २ दिन रोल्पाको लिबाङमा आयोजना गरिएको सरोकारवालाहरू बीचको बैठकले जिल्लामा पर्यटन भित्र्याउनको लागि गुरूयोजना निर्माण र रूट प्याकेज निर्माणका गर्नुका साथै एक समिति समेत निर्माण गरेको छ । जिल्ला पर्यटन समन्वय समिति रोल्पाको समन्वय तथा होटेल व्यवसायी संघ रोल्पाको आयोजना र रोल्पा उद्योग वाणिज्य संघको सह–आयोजनामा सो समन्वयात्मक बैठक बसेको हो ।


बैठकले निर्माण गरेको ‘रूट’ अनुसार लिबाङबाट सुलिचौर, जेलबाङ, उवा, थबाङ, मिरूल, कुरेली, घर्तीगाउँ, जुगार, रून्टी गुनाम, होलेरी हुँदै स्वर्गद्वारीसम्म पर्यटकलाई पु¥याउन पर्यटकलाई कम्तिमा पनि ५ देखि १२ दिनसम्मको लागि टे«किङ योजना बनाइएको छ । योजनामा १२÷१३ दिनभित्र एउटा पर्यटकले गाम–६ मा रहेको जेलबाङ, बिबाङ दह, थबाङगाउँ, जलजला, कुरेली, भाबाङ, जुगार–२मा रहेको शिवगुफा, गढीलेक हुँदै स्वर्गद्वारीसम्म घुमाउने रहेको छ । ‘पर्यटक एकपटक मात्र भित्र्याउने कि पटकपटक ? हामीले सोच्नुपर्छ ।’ जिल्ला पर्यटन संयोजन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बास्तोलाले भन्नुभयो, ‘त्यसैले पनि सबैभन्दा पहिले गुरूयोजना आवश्यक छ ।’
‘समग्र जिल्ला समेट्ने गरी तत्कालीन, अल्पकाली र दीर्घकालीन रूपमा पयर्टन स्थलको पहिचान गरी पूर्वाधार निर्माणमा छिट्टै लाग्दैछौं ।’ नवगठीत जिल्ला पर्यटन व्यवस्थापन उपसमितिका संयोजक मोहन परियारले भन्नुभयो, ‘यसै दशैं तिहारभित्र आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य छ ।’ कम्तिमा २ सय यसै अवसरमा जिल्लामा पर्यटक भित्र्याउने लक्ष्य राखिएको उहाँको भनाइ छ ।

‘समग्र जिल्लाभरी घुम्नको लागि हामीले यस्तो योजना बनाएका हौं ।’ प्रहरी नायव उपरिक्षक केदार रजौर भन्नुहुन्छ ‘पर्यटकले हामीले बनाएको योजना मान्नैपर्छ भन्ने छैन । पर्यटकको इच्छा अनुसार काम गर्छौ र प्याकेज हाम्रो हुन्छ ।’ पर्यटनको विकासका लागि प्रचार प्रसार पहिलो प्राथमिकता रहेको रजौरेको भनाइ छ । ‘गाउँगाउँमा पर्यटनको प्रचार प्रचार पर्यटक भित्रिने संभावना छैन । सर्वप्रथम त वेवसाइटको निर्माण गर्नुपर्छ । यस वेवसाइटमा जिल्लाको पर्यटकीय क्षेत्रको
पर्यटनका लागि रोल्पामा गुरु योजना निर्माण-खेमराज गाउँले
साथै पर्यटकलाई दिइने सुविधाको बारेमा जानकारी दिनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘अनि बल्ल विदेशी पर्यटकहरूलाई जिल्लामा भित्र्याउन सकिन्छ । त्यसैले पर्यटनका लागि रोल्पामा गुरूयोजना निर्माणसँगै वेवसाइट निर्माण गर्नु पहिलो आवश्यकता हो ।’ वेवसाइटबाटै पर्यटकका इच्छा र चाहनालाई ख्याल गरी जिल्लामा भित्र्याउन सकिने उहाँको भनाइ छ ।
जिल्लामा धार्मिक, सांस्कृतिक, भौगोलिक र युद्ध पर्यटनको संभावना बढी रहेको बैठकमा निष्कर्ष निकालिएको थियो । ‘हामीले एउटा पर्यटकलाई थबाङ हुँदै ढोरपाटन घुमाएर पुनः लिबाङ फकाउने, कुक, गाइड, सहायक लगायतका पूर्वाधारको विकास गर्नुपर्छ ।’ नेपाली कांग्रेस रोल्पाका सभापति कृष्णबहादुर घर्तीमगर भन्नुहुन्छ ‘युद्ध पर्यटनका हिसाबले चुनबाङ पनि चिनिएको ठाउँ हो । यसलाई रोल्पालीको आँखाबाट हे¥यौँ भने त्यो पनि सम्भव छ । हामी आफ्नो जिल्लालाई मात्र हेर्नुभन्दा पनि जिल्लाबाट नजिकैमा रहेका अन्य जिल्ला तथा ठाउँहरूमा रहेको पर्यटकीय क्षेत्रको पहिचान गर्नु पनि जिल्लामा पर्यटन विकासमा सहयोग पुग्नेछ । ’ एकीकृत नेकपा (माओबादी) रोल्पाका इन्चार्ज मानबहादुर बुढामगर ‘विकल्प’ र नेकपा एमाले रोल्पाका सचिव हरिप्रसाद घर्तीमगरले रोल्पामा पर्यटक भित्र्याउनका लागि सबैभन्दा पहिला सुरक्षा, आवास र खानाको व्यवस्था पहिलो प्राथमितामा पर्ने बताउनुभएको थियो ।
नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष तथा स्थानीय शान्ति समिति रोल्पाका सदस्य खेमबहादुर बुढामगरले स्थानीय संस्कृति, रहनसहन नै पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको बताउनुभयो । ‘मगर समुदायमा नाचिने भूमे नाच, सिंगारू नाच, पैसेरू नाच नै पर्यटकका लागि हेर्नलायक संस्कृति हुन् ।’ बुढामगरले भन्नुभयो, ‘पर्यटकहरू गाउँमा आउँदा साइँला बरै, थाडी भाका, माडीखोले गीत नै पर्यटकका लागि नौला विषय हुन् । मान्छेले नयाँ विषयलाई नै बढी चासो दिन्छ नी ।’ बैठकमा ‘पर्यटन वर्ष सन् २०११ र रोल्पा पर्यटनको सन्दर्भ’ विषयमा गैससर महासंघ रोल्पाका सविच मोहन परियार र स्थानीय शान्ति समिति रोल्पाका ईश्वरी जिएम्ले अवधारणा पत्र प्रस्तुग गर्नुभएको थियो । अवधारणा पत्रमाथि सहभागिहरूले टिप्पनी गरेका थिए ।
पर्यटन विकासमा सहयोग गर्न रोल्पाका राजनीतिक दल, होटेल व्यवसायी, उद्योग व्यवसायी एकजुट भएका छ । पर्यटन वर्ष सन् २०११को अन्त्यतिर रोल्पामा पर्यटन स्थानीय स्तरमा गठन स्वतस्र्फूत अहिलेसम्म ७ वटा पर्यटन समिति समेत गठन भइसकेका छन् ।  उवामा भेगबहादुर रोकामगर संयोजक, होलेरीमा ऋषिराम श्रेष्ठ संयोजक, घर्तीगाउँमा विजय कुमार घर्ति, भाबाङमा रत्न बहादुर डाँगी, थबाङमा हित प्रसाद रोकामगर, गाम÷पोबाङमा देउसिङ घर्तीमगर र जुगारमा तारा प्रसाद खड्काको संयोजकत्वमा समिति गठन भएका छन् । बुढागाँउ, जिनाबाङ, पाखापानी, राँक, तालाबाङ, ईरिबाङ, जेल्बाङ, खुंग्री, मसिना लगायतका गाविसहरूमा पनि समिति गठनको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।
‘पर्यटन वर्ष सन् २०११’ को अन्त्यतिर रोल्पामा पर्यटनको विषयमा चहलपहल बढ्न थालेको छ । रोल्पाजस्तो जनजातिको बाहुल्यता एवं भाषा, जातजाति र संस्कृति भएको जिल्लामा जनजाति भेषभूषाहरूको विविधता, कला, संस्कृति र प्रसिद्ध जलजला लगायतका धार्मिक स्थल, रमणीय डाडाँकाडा, विविध खालको हावापानी, १० वर्षे युद्धको उद्गम स्थल, स्वर्गद्धारी सँगसँगै यातायात र सञ्चारको सहजताले रोल्पामा पर्यटन विकासको सम्भवना पनि बढेको छ ।

जिल्ला पर्यटन व्यवस्थापन उपसमिति
यसैबीच दुईदिनसम्म चलेको बैठकले मोहन परियारको संयोजकत्वमा १९ सदस्यीय जिल्ला पर्यटन व्यवस्थापन उपसमिति गठन गरेको छ । समितिको सहसंयोजकमा शेरबहादुर बुढामगर र सदस्य सविचमा ईश्वरी जिएम् रहनुभएको छ ।
त्यस्तै समितिका सदस्यहरूमा शोभाराम डाँगी, दिनेश सुवेदी, विरेन्द्र वली, महेश न्यौपाने, धु्रव भण्डारी, घनश्याम आचार्य, पुरन क्षेत्री, कूलबहादुर डाँगी, विजय कुमार घर्तीमगर, हितप्रसाद रोकामगर, नारायण प्रसाद आचार्य, बसन्त सुवदी, खोविलाल डाँगी, खेम बुढा रहनुभएको छ । समितिमा पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने सबै संस्थाबाट प्रतिनिधिमूलक सहभागिता बनाइएको छ । यस्तै सदस्यमा यातायात व्यवसायी समिति र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाबाट प्रतिनिधि माग गर्ने निर्णय भएको छ ।
यसैबीच नवगठीत समितिको आज बसेको बैठकले जिल्लाका संभावित पर्यटकीय स्थलको पहिचान गरी दशै तिहार भित्रै पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार तयार गर्ने गरेको छ । समितिका संयोजक मोहन परियारको अध्यक्षतामा बसेको बैकठले पर्यटनको प्रचारप्रसारका लागि वेवसाइट निर्माण गर्ने, सचिवालय संचालन गर्ने लगायतका निर्णयहरू समेत गरेको छ ।

2 प्रतिक्रिया:

  1. Dherai Ramro janarai khem sir.. hajurko yo lekh/janakarilaai mero website ma pani post gareko janakari garaun chahanchhu. www.nabarajbudha.com.np ma gayer hernu hola.
    TQ

    ReplyDelete
  2. Dherai Ramro janakari..
    hajurko yo jankari lai wero website ma pani rakheko chhu, sir pls hernu hola.

    ReplyDelete

Khemraj Gaunle / Khumel, Rolpa, Nepal