Breaking News
Loading...

Info Post
पत्रकारिता क्षेत्रमा लागेको लामो समय भइसके पनि म कतै सञ्चारमाध्यममा जोडिन सकेको छैन । राजधानीसँग जोडिनलाई राजनीतिक दलसँग जोडिनुपर्ने रहेछ । म त्यसरी जोडिन सकेनँ । आफूसँग भएको क्षमता र योग्यता प्रयोग गर्ने हो । योग्यता र क्षमता हुँदाहुँदै किन अरुको भर पर्ने ? यो मेरो मान्यता हो । त्यसैले पनि नेताको नजिक हुन सकेनँ । त्यसैको प्रतिफल हो, मैले पत्रकारितामा प्रगति गर्न नसकेको । त्यसैले मलाई राजधानीले चिन्दैन तर मैले राजधानीलाई चिनिसकें रोल्पामै बसेर ।

सञ्चार क्षेत्रमै रहेर केही गर्नुपर्छ भन्ने मेरो सोच रेडियो रोल्पा छाडेदेखिकै हो । सदरमुकाम लिबाङमा रेडियो रोल्पा, रेडियो जलजला र होलेरीमा सुनछहरी रेडियो गरी जिल्लामा ३ वटा सामुदायिक रेडियो छन् । यिनीहरुले खासै समुदायका आवाज बोल्न सकेका छैनन् । राजधानीबाट प्रसारण भएका कार्यक्रमहरु प्रसारण गर्नमै व्यस्त छन् रेडियोहरु । समाजको आवाज जहाँको तही छ । रेडियोहरुमा साउन नलाग्दै तीजका गीतहरु घन्कन थाल्छन्, तीज नसकिदै दशैंका गीत घन्कन थाल्छन्, दसैं नसकिदै तिहारका गीत घन्कन थाल्छन् । हिन्दी गीतहरु पनि  घन्कन्छन् । यसो गर्दा समाजमा कस्तो असर पर्छ भन्ने ख्याल नै छैन, रेडियोहरुलाई ।
रेडियोको वेवसाइट पनि सञ्चालन गरें । रेडियोका सबै कार्यक्रमहरु वेवसाइटमा राखें । रेडियोको फेसबुक पेज पनि खोलें । वेवसाइट र वेवसाइटमा रहेका कार्यक्रमहरु फेसबुक पेजमार्फत बाँडें । अब रेडियो गाउँमा मात्र सीमित रहेन । देश तथा विदेशमा सुनिन थाल्यो । राम्रो प्रतिक्रिया पनि आउन थाल्यो । लिबाङमा बस्ने मेरा पत्रकार साथीहरुले पनि वेवसाइटबाटै रेडियो सुनें ।
सामुदायिक रेडियो भएर खै समुदायको बोली बोलेको ? आफैले आफैलाई प्रश्न गर्छु । अनि समाजको बारेमा गम्भीर भएर सोच्छु, सागरभन्दा तल पसेर । यही सोचाइले गर्दा नै मेरो सपना आज वास्तविकतामा परिणत भएको छ । सामुदायिक रेडियो भएपछि त समुदायकै बोली बोल्नुपर्ने आवश्यकता देखें । जसले गर्दा खुमेलस्थित चौरपानीमा मैले रेडियो स्थापना गरें । ५० वाट क्षमता रहेको यो डोको रेडियोको नाम रह्‍यो, ‘रेडियो चौरपानी’ । रेडियो अहिले पूर्वी रोल्पाका अधिकांस गाविसहरुमा सुनिनुका साथै प्युठानको सारी, भिंग्री र पर्यटकीय स्थल स्वर्गद्वारीमा समेत राम्रो सुनिन्छ । यहीका जनताको आवश्यकतालाई ध्यानमा राखेर रेडियोमा कार्यक्रमहरु बनेका छन् ।

रेडियो चलाउनका लागि मैले गाउँमै रेडियो पत्रकारिता तालिमको आयोजना गरे । काँशीराम डाँगी, घनश्याम आचार्य, खेम बुढामगर, मौसम रोकामगर, धरेन्द्र डाँगीलगायतका रोल्पाका अग्रज पत्रकारहरुले तालिम दिनुभयो । रेडियो उद्घोषण तालिम लिएका ती प्रशिक्षार्थीहरु नै अहिले कार्यक्रम चलाउँछन् । खुमेलका साथै मिझिङ, गजुलबाट समेत रेडियोमा कार्यक्रम चलाउन आउँछन् । पूर्वी रोल्पाका धेरैजसो श्रोताहरुले यस रेडियोलाई माया गर्छन् ।

रेडियोमा फोनिङ कार्यक्रमहरु पनि सञ्चालन हुन्छ । सिडिएमए स्काई फोनबाट कार्यक्रमहरु चल्छ । ललित साहित्य परिषद् रोल्पाले आफ्नो ०८६–६८०१३८ नम्बरको सिडिएमए फोन रेडियोलाई सहयोग गरेको हो ।

आजसम्म सहयोगकै भरमा रेडियो चलेको छ । रेडियोमा प्रयोग भएका सामानहरु मैले किन्न एक पैसा पनि खर्च गर्नु परेको छैन । लिबाङमा बस्दा राजनीतिक दल, संघसंस्था, पत्रकार, साहित्यकारहरुसँगको चिनाजानले गर्दा नै सहयोग जुटाउन गाह्रो परेन ।

रेडियो राम्रोसँग चलिरहेको छ । तर रेडियोलाई एउटा रेकर्डरको आवश्यकता पर्न थाल्यो । हरेक महिना आयोजना हुने ‘स्रष्टा चौतारी’ मैले यो कुरा साहित्यकारमाझ राखें । साहित्यकार गौरीकिरण डाँगीले एउटा राम्रो रेकर्डर रेडियोलाई किनिदिने वचन दिनुभयो । सोही कार्यक्रममा रेडियोमा साहित्यिक कार्यक्रम पनि सञ्चालन गर्ने बारेमा छलफल भयो । राप्ती साहित्य परिषद् जिल्ला शाखा र ललित साहित्य परिषद् रोल्पाले संयुक्त रुपमा सञ्चालन गर्ने निर्णय समेत भयो ।
देश तथा विदेशमै प्रसिद्धी कमाइ सक्यो । जिम्मेवारी पनि झन बढ्दै गयो । रेडियोका सरोकारवालसँग छलफल गर्नुपर्ने सोचें । गाउँका सुभचिन्तकहरुलाई रेडियोमा बोलाएँ । बोलाएका जति सबै रेडियोमा आइसकेका थिए । रेडियोको बारेमा छलफल गर्दै थियौ । रेडियो चौरपानीलाई अब दर्ता गरी ५०० वाट क्षमताको बनाएर सञ्चालन गर्ने सुझाव दिए कसैले भने कसैले यसैलाई नै निरन्तरता  दिने सुझाव दिए ।
गाउँका कुरा गाउँमा मात्रै पुर्‍याएर पुगेन । अब गाउँका कुरा सहरतिर पुर्‍याउनुपर्छ भन्ने मैले महसुस गरें । यसका लागि सजिलो उपाय इन्टरनेट थियो । गाउँमा इन्टरनेट कसरी चलाउने गाह्रो छ । ल्यान्डलाई फोन पुगेको छैन गाउँमा । अरु इन्टरनेट सेवाप्रदायक कम्पनीहरु पनि छैनन् गाउँमा । यसको सजिलो उपाय ‘वाइम्याक्स’बाट नेट चलाउने सोचें । वाइम्याक्स सञ्चालनका लागि लिबाङस्थित शुभ मोबाइल एण्ड कम्प्युटर्सका वीरेन्द्र श्रेष्ठले जडानका सम्पूर्ण सामानहरु निःशुल्क सहयोग गर्नुभयो ।

अब रेडियोमा नेट चलाउन अझ सहज भयो । रेडियोको वेवसाइट पनि सञ्चालन गरें । रेडियोका सबै कार्यक्रमहरु वेवसाइटमा राखें । रेडियोको फेसबुक पेज पनि खोलें । वेवसाइट र वेवसाइटमा रहेका कार्यक्रमहरु फेसबुक पेजमार्फत बाँडें । अब रेडियो गाउँमा मात्र सीमित रहेन । देश तथा विदेशमा सुनिन थाल्यो । राम्रो प्रतिक्रिया पनि आउन थाल्यो । लिबाङमा बस्ने मेरा पत्रकार साथीहरुले पनि वेवसाइटबाटै रेडियो सुनें ।

गाउँमा भएका गतिविधिहरु रेडियोमा समाचार बनेर बज्छन् । बेलुकी ७ बजेको ‘चौरपानी हालखबर’मा स्थानीय खबरहरु मात्र बज्छन् । एकदिन रेडियो रोल्पाका स्टेसन म्यानेजर घनश्याम आचार्य र रेडियो जलजलाका स्टेशन म्यानेजर मौसम रोकामगरले मलाई लिबाङमा बोलाउनुभयो । म लिबाङ झरें । रेडियोको बारेमा छलपफल भयो । उहाँहरुले रेडियोमा हरेक दिन बज्ने ‘चौरपानी हालखबर’ रेडियो रोल्पा र रेडियो जलजलाबाट समेत प्रशारण गर्ने कुरा गर्नुभयो । मलाई निकै खुसी लाग्यो । मैले सहर्ष स्वीकारी दिएँ । अब सदरमुकाममा रहेका दुवै रेडियोबाट रेडियो चौरपानी बज्ने चौरपानी हालखबर प्रशारण गर्न थालियो । यसले गर्दा चौरपानी रेडियोको चर्चा रोल्पा जिल्लाभरि लगायत आसपासका क्षेत्रमा हुन थालेको छ ।

शहरका कुराहरु पनि रेडियोबाटै गाउँगाउँसम्म पुग्छ । शहरका कुरा पनि सुनिने भएकालेले  स्रोताहरु खुसी छन् । स्रोताहरुकै मायाले रेडियो चौरपानी बाँचेको छ ।

देश तथा विदेशमै प्रसिद्धी कमाइ सक्यो । जिम्मेवारी पनि झन बढ्दै गयो । रेडियोका सरोकारवालसँग छलफल गर्नुपर्ने सोचें । गाउँका सुभचिन्तकहरुलाई रेडियोमा बोलाएँ । बोलाएका जति सबै रेडियोमा आइसकेका थिए । रेडियोको बारेमा छलफल गर्दै थियौ । रेडियो चौरपानीलाई अब दर्ता गरी ५०० वाट क्षमताको बनाएर सञ्चालन गर्ने सुझाव दिए कसैले भने कसैले यसैलाई नै निरन्तरता  दिने सुझाव दिए । यति नै बेला छेवैको कोठामा प्राविधिकले ठूलो स्वरमा गीत घन्कायो ।

बैठकलाई असर पर्ने गरी गीत बजाएको हुँदा म बैठक कोठाबाटै ठूलो स्वरमा बोलेँ, ‘गीत बन्द गर ।’

म झसँग भए । आफ्नै आवाज आफैले सुनेर म निद्राबाट ब्युँझिएँ । नवीन सर हाँसिरहनुभएको थियो । घडी हेरें रातको १ बज्नै लागेको रहेछ । गीत बजाउँदै सनस्टार सेटिङ गरिरहनुभएको रहेछ । मेरो ल्यापटप बन्द भइसकेको रहेछ, आफै । म केही बोलिनँ । सपना मनभित्रै राखें । अनि ल्यापटप खोलें । म पनि सनस्टारको सेटिङ तथा सम्पादनतिर लागें । किनकि भोलि बिहानै पत्रिका बजारमा पुर्‍याउनु छ ।

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal